बिहीबार अपराह्न मुम्बइको क्राउफोर्ड मार्केटनजिक जेजे फ्लाइओभरमाथि करिब २० मिटर अर्थात ३ तल्लाजति उचाइमा रहेकोे तारमा दुवै हातले समातेर एकजना मान्छे झुण्डिरहेको देखियो ।

बटुवा तथा पसलेहरुले त्यो मान्छेले सन्तुलन गुमाउन नथालुञ्जेल यसलाई कुनै स्टण्ट भन्ने ठानेर हेरि मात्र रहेका थिए । तर वास्तविकता अर्कै थियो र त्यो थाहा पाउञ्जेल उसलाई सहयोग गर्न निकै ढिला भैसकेको थियो । हेर्दाहेर्दै ती व्यक्तिको हात फुस्कियो र उनी भुईंमा बजारिए ।

उनी थिए ३८ वर्षीय जब्बर जावेद अशरफ । भुईंमा बजारिँदा उनको हात खुट्टा भाँचियो र उनलाई तत्कालै स्थानीय जीटी हस्पिटलमा भर्ना गरियो ।

अशरफले प्रहरीलाई आफू किन जेजे फ्लाइओभर पुलमा चढेँ भन्ने कुरा सम्झना नभएको बताए । उनको विस्तृत विवरण रेकर्ड गर्नस्वास्थ्यका हिसाबले उनी सबै कुराहरु सम्झेर भन्न सक्ने अवस्थामा नरहेको प्रहरीको भनाई छ ।

उसको हर्कत देख्ने धेरै दर्शकहरुले उनी फ्लाइओभरमा अडेस लागेको देखि तारमा झुण्डिउञ्जेलसम्मको करिब एक मिनेटको थुप्रै बयान सुनाए ।

एक जना पसलेले भने, ‘हामीले पहिले उसले स्टण्ट गर्न लागेको भन्ठान्यौं । ऊ भुईंमा बजारिँदैछ भन्ने थाहा पाएको भए हामी कपडा वा जाली लिएर तल बस्थ्यौं ।’

प्रहरीका डेपुटि कमिश्नर ज्ञानेश्वर चवनले भने,‘ उसले हामीलाई आफू किन फ्लाइओभरमा चढेको र हामफालेको भन्ने सम्झिन नसकोको बताए ।’

जीटी हस्पिटलका ड्युटीमा खटिएका डाक्टरले भने,‘प्रारम्भिक जाँच अनुसार ती व्यक्ति विगतमा लागुऔषध दुव्र्यसनी रहेको देखिएको छ । उनको दुइ ठाउँमा हड्डी भाँचिएको भए पनि टाउकोमा कुनै चोट लागेको छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah