काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार र औषधि खर्च साढे ३७ हजार भएको छ। गत सोमबार स्वास्थ्यमा समस्या आएर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओली शुक्रबार साँझ डिस्चार्ज भएका छन्। उनी पूर्ण स्वास्थ्य लाभ गरेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएका छन्।

अस्पतालले जारी गरेको प्रधानमन्त्रीको उपचार खर्च बिल अनुसार प्रधानमन्त्रीको उपचारमा २५ हजार ६४० रुपैयाँ र औषधिमा ११ हजार ११७ रुपैयाँ लागेको छ। उक्त बिलमा प्रधानमन्त्रीले प्रयोग गरेको बेड, ऐक्सरे, ल्याब टेस्टको शुल्क जोडिएको छ। प्रधानमन्त्री ओलीले सिसियुमा भर्ना भएर उपचार गराएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्रीले प्रयोग गरेको उक्त बेडको शूल्क दैनिक तीन हजार रुपैयाँ लागेको बताइएको छ। यसअघि प्रधानमन्त्रीको उपचार खर्च लगभग ५० हजार लागेको बताइएको थियो तर अस्पतालले जारी गरेको बिल अनुसार साढे ३७ हजार रुपैयाँ लागेको हो।