काठमाडौंः चीनमा लसुनको खेती गर्ने झु यूईको विमान उडाउने सपना थियो । तर उनको यो सपना पुरा हुन नसकेपछि आफै विमान बनाउने फैसला गरे ।

उनले एयरबस ए–३२० को ढाँचा बनाउने कामलाइ लगभग पुरा गरिसकेका छन् । यद्यपि यो विमानले उडान भर्न सक्दैन । झुले माध्यमिक स्कुलको पढाई पुरा गर्न पाएका छैनन् । उनले पढाई छोडेर प्याज र लसुनको खेती सुरु गरे । यद्यपि उनको सपना विमान उडाउने थियो । तर जब उनलाई विमान उडाउन सक्दिन भन्ने लाग्यो उनले विमाननै बनाउने सोच बनाए । यो सपना पुरा गर्नका लागि उनले काइयूआनको एक कारखानामा वेल्डिङको काम सिके र विमान बनाउने फैसला गरे ।

झुलाई यो विमान बनाउनका लागि एक वर्षको समय लागेको थियो । यसका लागि उनले आफूले जम्मा गरेको करित ३ लाख ७४ हजार डलर खर्च गरे । यो रकम खर्च गरेर उनले पूर्वी चीनमा रहेको आफ्नो खेतमा बोइङ जस्तो देखिने विमान बनाए । यो सक्कली विमानको तुलनामा करिब एक तिहाई सानो रहेको छ । उनले यो विमान बनाउनका लागि करिब ६० टन स्टिल प्रयोग गरेका छन् । उनले जस्तै विमानका पारखी ५ मजदुरले विमान बनाउनका लागि मद्दत गरेका छन् ।

झुले यो कामबाट आफ्नो विमान बनाउनका लागि खटिएका मजदुरलाई पैसा कमाउनुका साथै आफ्नो सपना पुरा गर्ने अवसर मिलेको बताएका छन् । यो एयरबसको प्रयोग खान खानका लागि गरिनेछ । झुले विमानमा यात्रीलाई ह्यामबर्गर, फ्रेन्च फ्राइज वा नियमित किसिमको चिनियाँ खाना दिइने बताए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah