काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा नोभेम्बर ५ देखि नयाँ प्रतिबन्ध लगाउने आफ्नो तयारी रहेको बताएका छन् । ट्रम्पले ट्वीट गर्दै भारतमा नयाँ प्रतिवन्ध लगाउने तयारी रहेको बताएका हुन् ।

यसअघि भारतीय अधिकारीहरुले ईरानसँग तेल खरिदमा भारतलाई अमेरिकाबाट छुट प्राप्त हुने संकेत पाएको जनाएका थिए । भारतीय अधिकारीहरुको अपेक्षाविपरीत ट्रम्पले ट्वीटमार्फत प्रतिबन्ध लागू गर्न तयारी रहेको भन्दै अमेरिका आफ्नो नीतिमा अडिग रहेको बताएका छन् ।
अमेरिकाको चेतावनीका बाबजुद भारतले ईरानसँग तेल खरिद गर्ने निर्णय गरेमा भारतको यसपटकको दीपावली फिक्का हुने देखिन्छ । अमेरिकाले ईरानसँग तेल खरिद गरेमा भारतमाथि तत्कालै कडा प्रतिबन्ध लगाउने सक्ने कुटनीतिक मामलाका विज्ञहरु बताएका छन् ।।



