इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमानको मध्यभाग पानिमा डुबेको अवस्थामा फेला परेको जानकारी दिएका छन् । विमान हराएपछि खोजीमा जुटेका अनुसन्धानकर्ताहरुले विमानको मध्यभाग पानिमा डुबेको अवस्थामा फेला परेको जानकारी दिएका हुन् ।
अनुसन्धानकर्ताको समूहले दुर्घटनाग्रस्त उक्त विमानको मध्य भाग अर्थात यात्रु तथा विमान चालक दलका सदस्यहरू रहने भाग पानीभित्र भेटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
भेटिएको उक्त भाग पानीको सतहदेखि ३० मिटरको गहिराइमा रहेको तर पानीको कडा बहावका कारण पानीबाहिर ल्याउन नसकिएको उद्धार तथा खोजी समूहका प्रमुख मुहम्मद स्वायुगीले बताए ।
विमान दुर्घटना भएको छैठौँ दिनमा विमानको मध्य भाग भेटिएको उनले जानकारी दिए । उद्धारकर्मीका अनुसार अहिलेसम्म विमानका दुबै इन्जिन, ल्यान्डिङ गेयर र यात्रुहरू रहने मध्यभाग भेटिएको छ ।
इन्डोनेसियाको लायन एयरको बोइङ ७ सय ३७ यात्रुबाहक बिमान गत सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको थियो ।



