दमक/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झापा क्षेत्र नं. ७ का साँसद केपी शर्मा ओलीले प्रथम राष्ट्रिय बाल महोत्सवको सफलताको कामना गरेकाछन् । ओलीले आफ्नो तर्फबाट नेपालमा नै पहिलो पटक आफ्नो क्षेत्रमा हुन लागेको महोत्सवका लागि ५० हजार नगद् पनि सहयोग गर्नु भएको नेकपा एमालेका जिल्ला सदस्य बेनुप्रसाद शिवाकोटीले बताए । ओलीको सफलताको सन्देश सहित उक्त रकम शिवाकोटीले आइतवार महोत्सव मूल समितिका संयोजक सन्तोष भण्डारी र सदस्य दिनेश संग्रौलालाई प्रदान गरेको आयोजक समितिका सदस्य त्रीलोचन अधिकारीले बताए । यसले आफूहरुलाई हौसला मिलेको समेत उनले जनाएकाछन् । यसैबीच उज्यालो बाल क्लवले प्रथम राष्ट्रिय बाल महोत्सवको तयारी तिब्र पारेको जनाउदै यस्तै महोत्सवको नाममा बिभिन्न ठाँउहरुमा भ्रम छर्न खोजिएको सुनिन आएकोमा यस्तो नगर्न आग्रह गरेकाछन् । उनले माघ २५ गतेदेखि २९ गतेसम्म नेपालमा पहिलो बाल महोत्सव लखनपुर १ आदिबासी रंगशालामा हुने भण्डारीले बताए । बिभिन्न महोत्सवहरुको आयोजना भएपनि अहिलेसम्म बाल महोत्सव नेपालमा कहि पनि नभएकाले यसलाई सहयोग गर्नका लागि उज्यालो बाल क्लवले सबैसंग आग्रह समेत गरेको छ । बिदेश तथा स्वदेशमा रहेका सबैको सानो सहयोगले आफूहरुको बहृत बाल महोत्सव सफल हुने उज्यालो बाल क्लवकी कार्यवाहक अध्यक्ष टेलिना खनालले बताइन ।
ओलीद्धारा प्रथम बाल महोत्सव सफलताको कामना
सवाल नेपालसंवाददाताआइतबार, १४ माघ २०७३

ओलीद्धारा प्रथम बाल महोत्सव सफलताको कामना
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



