काठमाडौं — अमेरिकाको एरिजोनामा ११ वर्षका एक बालकले आफ्नी हजुरआमालाई गोली हानेका छन् । त्यसपछि उनले आत्महत्या गरे ।
उक्त बालकलाई कोठा सफा गर्नू भन्दा उनी रिसाएको बताइन्छ ।
म्यारिकोपा काउन्टी प्रहरी कार्यालयका प्रवक्ता सर्जेन्ट योआक्विन अनरिकेजले बताएअनुसार, उत्तरपश्चिम फिनिक्सको लिचफील्ड पार्क क्षेत्रमा बस्ने उक्त बालकको कस्टडी हजुरबुवा हजुरआमासँगै थियो । बालकलाई कोठा सफा गर्न
भनिएपछि उसले अस्वीकार गरिदिएको हजुरबुवाले प्रहरीलाई बताए ।
हजुरबुवाका अनुसार, उनी आफ्नी पत्नी यिभोन वूडवर्डसँग बसेर टीभी हेरिरहेका थिए । बच्चा पछाडिबाट आयो र हजुरआमालाई गोली हानिदियो ।
हजुरबुवाले पहिला त नातिलाई समात्ने प्रयास गरे तर पत्नीको सहायता गर्न रोकिए । त्यही क्रममा बच्चाले आफैंलाई गोली हान्यो । प्रहरीले त्यो बन्दूक हजुरबुवाको भएको बताए ।
एजेन्सी



