जिम्बाबेमा भएको गम्भीर बस दुर्घटनामा परी बुधबार कम्तीमा ४७ जनाको मृत्यु भएको छ।

दुई ओटा बस एक आपसमा ठोक्कीएर दुर्घटना भएको जिम्बाबेका सरकारी अधिकारीले जानकारी दिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी प्रवक्ता पौल न्याथीले राजधानी हरारेदेखि १५६ किलोमिटर टाढा पर्ने रुसप नजिकै दुर्घटना भएको बताए।

प्रवक्ता न्याथीले ४७ जनाको मृत्यु भएको पुष्टी गर्दै घटनाको कारणका बारेमा भने अहिलेसम्म केही स्पष्ट भइनसकेको जानकारी दिए। घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ।

मृत्यु भएका ४७ जनामध्ये ४५ जना बयस्क र दुई जना बालबालिका रहेको समाचारमा जनाइएको छ।