पार्टीले चुनावमा टिकट नदिएपछि भारतीय काँग्रेसका एक पूर्व जिल्ला महामन्त्रीले बिष सेवन गरेका छन् । ग्वालियरका काँग्रेस नेता प्रेमशकंर कुशवाहले जहर सेवन गरेका हुन् । कुशवाह वर्तमान काँग्रेस प्रदेश कमिटीका सदस्य हुन् ।
उनको जयारोग्य अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । अस्पतालमा भारतीय काँग्रेस नेताहरुको भिड लागेको छ । प्रेमसिंह कुशवाह ग्वालियर दक्षिण अथवा ग्वालियर पूर्व विधानसभामा टिकट मांग गरि रहेका थिए । तर काँग्रेसले उनलार्य टिकट दिएन ।




