चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक युवाको मुत्यु भएको छ ।

गएराति देउसी खेल्न गएका राप्ती नगरपालिका वडा नम्बर २ गड्यौलीका बर्ष २३ को सागर राईको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गएराती २ बजेको समयमा हात्तीले लखेटेर खेतको बारीमा ढाडमा दाह्राले हान्दा उनको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा विगत लामो समयदेखि हात्तीले आतंक मच्चाउँदै आएको छ ।