पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगर–१२ स्थित कालीझोडामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा बिर्तामोड–६ का ३५ वर्षका विजय चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आँउदै गरेको मे ६ प ६९७९ नम्बर मोटरसाइकलले सोही दिशातर्फ आँउदै गरेको मे ५ प ९६७२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा बिर्तामोडको बी एण्ड सी हस्पिटलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।
दुर्घटनापछि फरार भएका अर्का मोटरसाइकल चालक मेचीनगर नगरपालिका–३ का १९ वर्षीय अजय धिमाल र दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



