भारत । उडान गर्नुभन्दा पहिला मदिरा सेवन गरेपछि विमान चालक तीन वर्षको लागि बर्खास्त भएका छन् ।

११ नोभेम्बरदेखि लागु हुनेगरी चालकको लाइसेन्स तीन वर्षको लागि बर्खास्त गरिएको हो । दिल्लीबाट लण्डन जान लागेको भारतीय वायु सेवाको एआई–१११ कल साइन भएको विमानको चालकले मापसे गरेपछि विमान ५५ मिनेट ढिला गरी उडेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुईपटकसम्म ब्रेथ एनालाइजर (मदिरा परीक्षण गर्ने मेसिन)मा परीक्षण गर्दा पनि मदिरा सेवन गरेको पाइएपछि विमान चालकलाई कारबाही गरिएको भारतीय समाचार एजेन्सी पीटीआइले जनाएको छ ।