एजेन्सी । विश्वका महिलाहरु ब्रा लगाउँछन् । तर, गलत साइजको ब्राले स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञहरुले बताएका छन् । एक अनुमानअनुसार करिब ८० प्रतिशत महिलाहरु गलत साइजको ब्रा लगाउँछन् भने शारीरिक अभ्यासका क्रममा स्पोर्ट्स ब्रा पनि लगाउँदैंनन् ।

तर, फिजियोथेरापिष्टहरुले भने ब्रा किन्नुअघि आफ्नो छातिको साइज लिन सुझाव दिएका छन् । गलत ब्रा लगाउनाले उमेर नपुग्दै स्तन झोलिने समस्या हुन्छ । यो समस्या सर्जरीले मात्र समाधान गर्न सकिन्छ । फिजियोथेरापी चार्टर्ड सोसाइटीकी सामी मार्गो भन्छिन्, ‘गलत साइजको ब्राले स्तनको आकार बिगार्नेमात्र होइन, घाँटी, काँध, कम्मर दुख्नेलगायतका गम्भीर स्वास्थ्य समस्या निम्तन्छन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, गलत ब्राले छालासम्बन्ध समस्या निम्त्याउँने पनि विज्ञहरुको भनाई छ । आजकाल निकै टाइट ब्रा लगाउने चलन छ । तर, यस्ता ब्राले छालाको समस्याका साथै रगतको आवागमन घटाउने, स्नायु प्रणालीमा असर गर्ने हुन्छ । जसको परिणाम टाउको दुख्ने समस्या निम्त्याउँछ । विशेषज्ञ मार्गोका अनुसार हरेक महिलाहरुका लागि स्पोर्ट्स ब्रा आवश्यक छ । डेलीमेलबाट