काठमाडौं । भारतका लागि प्रस्तावित नेपाली राजदूत निलाम्बर आचार्यको पृष्ठभूमि बाम राजनीति हो । पछि उनी यस्तै रहेछ नेपालको कम्युनिष्ट भन्दै प्रजातान्त्रिक धारतिर ढल्के ।

तर उनी कतिबेला कम्युनिष्टहरुसंग नजिकिए पत्तै भएन । एक राजनीतिक विष्लेषकको भनाईलाई आधार मान्ने हो भने उनी कहिल्यै पनि कम्युनिष्टको घेराबाट टाढा थिएनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार थोरै ‘अपरच्युनिष्ट’ भएका कारण उनी जताततै विश्वासको पात्र बन्न खोज्थे । अहिले भारतका लागि राजदूतमा नाम प्रस्तावित हुँदा लोकतान्त्रिक पार्टीका केही नेता झस्केका मात्र हुन् ।

राजनीतिक रुपमा जस्ता भए पनि आचार्यले सामाजिक संजालमा प्रातःकालमा दिने सन्देश भने घतलाग्दा र उर्जाबान हुने गर्दैछन् । भोलिका दिनमा कस्तो व्यवहार देखाउलाउन् त्यो उनै जानुन् तर आजसम्म उनले केही न केही सन्देश दिएकै छन् ।

उनले दैनिक कम्तीमा एउटा सन्देश पोष्ट गर्ने गरेका छन् । कहिलेकाहिँ ३ वटासम्म हुन्छन् । यस्ता छन् उनका पछिल्ला सन्देशहरु–

सूर्यलाई नमस्कार। छठपर्वको हार्दिक शुभ कामना। उज्यालोको चाहना, उज्यालोको आराधना उज्यालोको तयारी, उज्यालोको कल्पना। सुखद रहोस् तिम्रो अगाडिको यात्रा। सद्भावमय रहोस्, आनन्दमय होस्। उपलब्धिपूर्ण होस्। शुभ होस्। (नोभेम्बर १३)

भन्छन् भविष्य अज्ञात र अनिश्चित हुन्छ। तर त्यो पूर्ण सत्य होइन। आकस्मिकताको भूमिका छ तर प्रायस् होइन। भविष्य सोचेको, चाहेको, तयारी गरेको जस्तै पनि हुन्छ। उदाउँदो सूर्यलाई सोधी हेर लटरम्म फलेको अम्बाको बोटलाई सोधी हेर आफ्नो पहिलो पुस्तक विमोचन गरिरहेको लेखकलाई सोधी हेर। शुभ होस्। (नोभेम्बर १२)

धेरै बोल्न हुँदैन। बोल्न हच्कन हुँदैन। धेरै सुत्न हुँदैन। अनिदो बस्न हुँदैन। धेरै खान हुँदैन। भोको रहन हुँदैन।

गर्नुपर्ने कुरा ठीक मात्रामा ठीक किसिमले ठीक समयमा गर्नुपर्छ। अतिवादबाट जोगिनुपर्छ। मध्यमार्गी हुनुपर्छ ठीक मार्गी हुनुपर्छ। भलो होस्। शुभ होस्। (नोभेम्बर ११)

अल्छी मानी मानी उठें आलस्यमा पनि त आनन्द छ तर त्यो आनन्द नै पहिलो उद्देश्य बनेन। स्वच्छ बनें दिनचर्यामा लागें आनन्दित भएँ। बुझें( आनन्द र आनन्दमा फरक छ। आनन्द त आनन्दका लागि होइन ठीक स्रोतमा र ठीक प्रयोजनका लागि हुनुपर्छ। बुझ्दै छु। शुभ होस्। (नोभेम्बर १०)

सोच्दै थिएँ। लाग्योस् हाम्रो गणतन्त्रमा सम्माननीय, माननीय जस्ता सामाजिक समूह, तह वा संवोधन नराख्दा राम्रो हुने थियो। पद नै पर्याप्त छ। जस्तैस् राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, प्रधान न्यायाधीशज्यू, मन्त्रीज्यू, सांसदज्यू, आदि। बक्सनुलाई पनि बिदा गर्नु राम्रो। पदमा थप अलंकार किन ? (नोभेम्बर ९)

चाडको याम छस् चाड चाडमात्र हुँदैनन् मानवीय मूल्यका सन्देशवाहक हुन्छन्। प्रतिकूलताविरुद्ध संघर्षका गाथा हुन्छन् सद्भाव र मानवीयताका गीत हुन्छन्, विजयका उत्सव हुन्छन्। आखीर चाड मानिसले मात्र मनाउँछन्।

चाड मनाउनुपर्छ शुभसूचक हुन्छन् खुशी हुन सिकाउँछन् शुभ सोचौं शुभ गरौं शुभ बनौं। (नोभेम्बर ९)

परिस्थिति जब निन्याउरो बन्छ, तिमी बढी उज्यालो बन। परिस्थिति जब उज्यालो बन्छ, तिमी बढी गतिशील बन। संझिराख, जीवन त आफैमा प्रकाश हो। नबिर्स, शुभ सोच त आफैमा निकास हो। जेजस्तो परोस् चाड त आफैमा उमंग हो। शुभ कामना। शुभ होस्। (नोभेम्बर ८)

अहिले जताततै फूलैफूल देखिन्छन्, मेरो सानो फूलबारीमा पनि सयपत्री फुलेकाछन् तिहारलाई स्वागत गर्न लहरै उँभिएकाछन्। अभिवादन छ प्रसन्न फूललाई स्वागत छ उज्यालो तिहारलाई अभिनन्दन छ सबै शुभ सोचलाई शुभकामना छ तपाईलाई। शुभ होस्। (नोभेम्बर ७)

केही दुःख उठाउनुपर्छ। केही कष्ट बेहोर्नुपर्छ। सबै दुखकष्ट अवाञ्छनीय हुँदैनन्। कतिपय दुखकष्ट वाञ्छनीय हुन्छन्, सुखद हुन्छन्, सिर्जनात्मक हुन्छन्, कर्तव्यपरायण रहन सघाउँछन् लक्ष्यसम्म पुऱ्याउने वाहन बन्छन् सुख र खुशीका आधार हुन्छन्। शुभ होस्। (नोभेम्बर ६)

खुशीको बाटो एउटामात्र हुँदैन, रोज्न चाहे रोज्न सकिन्छ, एउटा बन्द भए अर्को समाए हुन्छ। तर खुशीले अवहेलना सहदैन। संभावित खुशीको तयारी गर्नुपर्छ। भएको खुशीको जगेर्ना गर्नुपर्छ, स्याहार गर्नुपर्छ, सम्मान गर्नुपर्छ। शुभ होस्। (नोभेम्बर ५)

पद्मरत्न तुलाधरको निधन नेपालको नागरिक आन्दोलनको निम्ति ठूलो क्षति हो। उहाँको जीवन एक अगुवा नागरिकको उच्च सक्रिय जीवन थियो। नेपालका एेतिहासिक परिवर्तनहरूमा उहाँले निर्वाह गर्नुभएको भूमिका स्मरणीय रहिरहनेछ। पद्मरत्नज्यूप्रति हार्दिक श्रद्धाञ्जलि। परिवार र आफन्तजनमा हार्दिक समवेदना। (नोभेम्बर ४)

के तिम्रो जीवनशैली ठीक छरु दिनचर्या ठीक छरु ठीक ठानेका छौ भने ठीक छ, खुशी होऊ। हैन भने सच्याऊ र खुशी होऊ। अवस्थानुसार ठीक बाटो समाउनुपर्छ, सप्ठेरोमा पनि र अप्ठेरोमा पनि। ठीक बेठीक आफैले ठम्याउनुपर्छ। ठम्याऊ र खुशी होऊ। शुभ होस्। (नोभेम्बर ४)

नमस्कार आज शनिबार

रमाइलो गर्नुस्, स्वस्थ रमाइलो स्वस्थ आराम स्वस्थ मनोरञ्जन स्वस्थ भेटघाट।

शरीर स्वस्थ राख्नुस् मन स्वस्थ राख्नुस् सोच स्वस्थ राख्नुस् व्यवहार स्वस्थ राख्नुस्।

घर स्वस्थ राख्नुस् सम्बन्ध स्वस्थ राख्नुस् समय स्वस्थ राख्नुस् जीवन स्वस्थ राख्नुस्।

शुभ होस्। (नोभेम्बर ३)

हामीकहाँ मानव संसाधनको कमी छ। (नोभेम्बर २)

समृद्धि निर्माण गर्न भविष्यद्रष्टा नेतृत्वले मात्र पुग्दैन। सक्षम संस्था चाहिन्छन् कुशल व्यवस्थापक चाहिन्छन् विशाल संख्यामा दक्ष जनशक्ति चाहिन्छ। हामीकहाँ मानवीय संशाधनको कमी छ। एकातिर नयाँ अभिमुखीकरण र अल्पकालिक प्रशिक्षण आवश्यक छ, अर्कोतिर जनशक्तिको व्यापक उत्पादन कार्यक्रम। (नोभेम्बर २)

जीवन थाक्न हुँदैन। आशा त्याग्न हुँदैन। प्रयास छाड्न हुँदैन। अप्ठेराहरूसित हार्न हुँदैन। आफुलाई आफैले होच्याउन हुँदैन। शुभ हुन्छ। शुभ होस्। (नोभेम्बर २)

हामीलाई शक्ति, प्रेरणा, आशा र विश्वास दिने चीज हामीमै र हाम्रैवरिपरि रहेका हुन्छन्। अप्ठेराहरूबाट बाहिरिन र अगाडि बढ्न तिनले नै सघाउँछन्। भविष्य निर्माण गर्ने तिनकै आधारमा हो। भविष्य यात्रा गर्ने त वर्तमानबाटै हो। शुभ होस्। (नोभेम्बर १)