दमक तपाइ बिस्कुट या खाद्य पदार्थ किनेर खादै हुनुहुन्छ ? आफ्ना बालबालिकालाई बिस्कुट किन्दा त्यसको उपभोग्य मितिको बिषयमा ख्याल गर्नु भएको छ ? यदि छैन भने होस गर्नुहोस् दमक र आसपासको क्षेत्रमा उपभोग्य मिति समाप्त भइरहेको बिस्कुट बिक्रि बितरण भइरहेको पाईएको छ । दमक बजार अनुगमनको क्रममा यस्तो पाईएको हो । सोमबार दमकमा भएको अनुगमनमा ब्रीटीनिया कम्पनीका अधिकाँश बिस्कुटहरु मिति समाप्त भए पनि बजारमा खुलेआम बिक्रि भइरहेको पाईएको खाद्य निरिक्षक दिनेश ढुंगनाले बताए । पंकज भेराइटी दमक थोक बिक्रेता रहेको यस बिस्कुटको डिलरमा समेत अनुगमन भएको थियो । डिलरमा उपभोग्य मिति समाप्त भएका बिस्कुट नभेटिएपनि पसलमा भेटिएका थिए । पसल सञ्चालकहरुले एकसाता अघिमात्र ल्याएर राखिएको बिस्कुट उपभोग्य मिति समाप्त भएको भेटिएको भन्दै आफ्नो बचावट गरेका थिए । यसैबीच बजारमा उपभोग्य मिति समाप्त भएका बिस्कुट फेला परेपछि दमक भित्रबाट २४ घण्टाभित्र र बाहिरबाट एकसाताभित्रमा सबै उपभोग्य मिति समाप्त भएका बिस्कुट फिर्ता ल्mयाउने र आफूहरुको नियत खराब नभएको पंकज भेराइटीका प्रोपाइटर फरेन्द्रराज अग्रवालले बताए । कम्पनीले उक्त बिस्कुट फिर्ता लिने भएकाले जानजान त्यस्तो नगरेको र केहि दिन मिति बाँकी रहदा बजारमा बिस्कुट गएको हुनसक्ने उनले स्वीकार गरे । इलाका प्रशासन कार्यालयमा बिस्कुट फिर्ता गर्न दिएको निर्देशन भिडियोमा हेर्नुहोस् ।
बिस्कुट खादै हुनुहुन्छ ? होस् गर्नुहोस है (भिडियो सहित)
सवाल नेपालसंवाददातामंगलबार, १६ माघ २०७३

बिस्कुट खादै हुनुहुन्छ ? होस् गर्नुहोस है (भिडियो सहित)
https://www.youtube.com/watch?v=EMONWZybd3g&feature
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



