दमक/इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहाल बिहान सबेरै देखि बेलुका अबेरसम्म सडकमा नै देखिन्छन् । ट्राफिक ब्यवस्थापन चुनौतीपुर्ण बन्दै गएकाले हरेक समय ड्युटी बस्नु पर्ने अवस्था रहेको उनि बताउछन् ।
छठ पर्वलाइ लक्षित गरेर मंगलवार साँझदेखि बेलुका अबेरसम्म र बिहानै देखि ट्राफिक प्रहरीको तदारुकताले सधैजस्तो अस्तब्यस्त नरेहेको छठका लागि रतुवा किनारमा आएकाहरुले बताएका थिए ।
दाहालका अनुसार सवारी राख्ने स्थल छुट्याएर खोलातर्फ सवारी साधन लैजान रोक लगाइएको थियो । पुलमा पनि समस्या हुन नदिन शर्तकता अपनाएको र सफलता मिलेको उनले बताए ।
दाहाल आएपछि बिभिन्न स्थानहरुमा जनचेतना मुलक बोर्ड राख्ने लगायतका कामहरु समेत शुरु भएकाछन् । चाडपर्वको समयमा बिशेष शर्तकता अपनाएकाले बिगतमा भन्दा अत्यन्त न्यून दुर्घटना भएको उनले जनाए ।




