दमक /चाडपर्वलाइ लक्षित गरेर दमक उद्योग बाणिज्य संघले शुक्रबार बजार खोल्ने निर्णय गरेकोमा सबै चाडपर्वहरु सकिएपछि पुन आउदो शुक्रबारबाट नै लागु हुने गरी हरेक हप्तामा एक दिन शुक्रबार बजार बन्द गर्ने सुचना गरेको छ । यस्तो छ संघको सूचना
प्रत्येक हप्ताको शुक्रबार पसल बन्द रहने सम्बन्धि दमक उद्योग वाणिज्य संघको सुचना ।
नेपालीहरुको महान् चाडपर्वहरुका कारण प्रत्येक हप्ताको शुक्रवारका दिन पनि यस दमक क्षेत्रका पसल व्यवसायहरु खुल्ला हुँदै आइरहेकोमा आगामी कात्तिक ३० गते शुक्रबारका दिन देखि प्रत्येक हप्ताको शुक्रबारका दिन सम्पूर्ण पसल व्यवसायहरु बन्द रहने व्यहोरा आम उपभोक्ता महानुभावहरुमा जानकारी गराइन्छ । साथै आगामी शुक्रबारदेखि प्रत्येक हप्ताको शुक्रबार आ–आफ्नो पसल व्यवसाय बन्द राखी व्यवसायिक ऐक्यवद्धता जाहेर गरि दिनु हुन सम्पुर्ण उद्यमी व्यवसायीहरुमा अनुरोध गरिन्छ ।
प्रार्थी
दमक उद्योग वाणिज्य संघ
दमक, झापा ।



