अनुवादकः खेम बम
काठमाडौं । भारतको राजधानी दिल्लीमा लाइभमै आत्महत्या गरेको भिडियो सार्वजनिक भएको छ । १३ मिनेटको त्यो भिडियोले सबैलाई तरङ्गित तुल्याएको छ । आत्महत्या गर्ने ती व्यक्ति यति निराश देखिन्थे की उनी करिब १२ मिनेटसम्म पंखामा कपडाको पासो लगाई रुँदै बसेका देखिन्थे । मर्नुभन्दा पहिला उनले १७ पानाको सुसाईड नोट समेत लेखेका छन् ।
उनको भिडियोमा फाँसी लगाउने बेला स्टूलको प्रयोग गरेको देखिएको छ । पंखामा च्यादर बाधेर फाँसीको फन्दा तयार पारेको देखिन्छ । यो घटना दिल्लीको पश्चिम विहारको एक आलिशान कोठीको हो । जसमा ती युवकले आफ्नी श्रीमतीसँग झगडा गरेर ज्यान दिएको बुझिन्छ । गौरव नामका यी व्यक्तिले १७ पानाको सुसाईड नोट लेखेका छन् । सुसाईड नोटमा उनले आफू मर्नुको कारण उल्लेख गरेका छन् ।
यस्तो छ सुसाईड नोटः–
उनले सुसाईड नोटमा आफ्नी श्रीमती रितुलाई सम्बोधन गर्दै आफ्नो सासु–ससुरा र उत्तर नगरका डन सालाले धेरै टर्चर दिएको बताएका छन् । उनले आफू १९ सालदेखि यसरी नै विरक्तिएर बाँचेको बताएका छन् । सबैका सामू तिनीहरुले आफ्नो बेईजती गरेको गौरवले सुसाईड नोटमा लेखेका छन् । उनले भनेका छन्–‘यो मेरो आत्महत्या होईन्, बाध्यताको मृत्यु हो, तिनीहरु सबैलाई कठोर सजाय होस् तिमी घर छोडेर गयौ म दुनिया छोडेर गए । म आफ्ना छोराछोरीको मायाले तीन महिनासम्म पागलको जिन्दगी बिताइरहेको थिए । रितु, आफ्नो अनुहारमा हेर्थे तिम्रा बुवा, दाईले गरेको व्यवहार सम्झिन्थेँ रितु तिमिले मेरो प्रेमलाई सम्झिन सकिनौ ।’
उनले अगाडि लेखेका छन्–‘रितु मेरो मुटुमा तिमी र बच्चा थियौ तर तिमि मलाई सम्झिनौ । रितु, मेरा शरिरका सबै अंग तन्दुरुस्त भएमा अरुलाई दान गरिदेऊ ।’
‘आई लभ यू’ रितु
अलबिदा परिवार…



