काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अब पूर्णरुपमा स्वस्थ भएको उनको उपचारमा संलग्न चिकित्सक प्रा. डा. अरुण सायमीले बताएका छन् ।

ओलीलाई कात्तिक १२ गते बिहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकोमा ५ दिनपछि ‘डिस्चार्ज’ गरिएको थियो । डिस्चार्जको एक हप्तापछि फलोअप चेकअप गर्नुपर्ने चिकित्सकहरुले जनाएका थिए । त्यो पनि भइसकेको डा. सायमीले बताए ।

प्रधानमन्त्रीलाई डिस्चार्जपछि उपचारमा संलग्न चिकित्सकहरुले बालुवाटारमै गएर ‘चेकअप’ गरेका थिए । डा.सायमीले भने, ‘‘हामीले बालुवाटारमै गएर हेर्यौं । अब धेरै सुधार भएको छ ।’’

प्रधानमन्त्रीले विगतमा फलोअप चेकअप बैंककमा गराउने गरेपनि अहिले जान आवश्यक नभएको डा. सायमीको भनाइ थियो । उनले भने, ‘‘उहाँले अहिले बालुवाटारबाटै काम गरिरहनु भएको छ । कार्यालयमा जाँदा पनि अब फरक पर्दैन । धेरै सम्पर्कमा आउँदा त जसलाई पनि ‘इन्फेक्सन’ हुन सक्छ । तर प्रधानमन्त्रीलाई अब ठीक भएको छ,’’ डा. सायमीले भने ।

प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएपछि यसअघि अस्पताल भर्ना गर्नुपरेको थियो ।

प्रधानमन्त्रीको निजी चिकित्सकको रुपमा कार्यरत डा. दिव्या सिंह शाहले पनि शुक्रबार बिहान बाह्रखरीसँगको कुराकानीमा प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको र अब कार्यालयमै गएर काम गर्दा पनि हुने अवस्था भएको बताइन् । उनले फलोअप जाँचका लागि अब विदेश जानुपर्ने अवस्था पनि नभएको बताइन् ।

प्रधानमन्त्री ओलीलाई यसअघि प्रा.डा.सायमीको संयोजकत्वमा प्रा.डा.दिव्या सिंह र डा.सन्तकुमार दास सम्मिलित समूहले उपचार गरेको थियो । छातीको संक्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि प्रधानमन्त्रीलाई त्यतिबेला अस्पताल भर्ना गरिएको थियो ।

प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ साल असारमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन् । गतवर्ष पुस अन्तिम साता थाइल्यान्डको बैंककस्थित बुम्रुङग्र्याड अन्तर्राष्ट्रिय अस्पतालमा उनको फलोअप चेकअप भएकोमा त्यसपछि नेपालमै स्वास्थ्य परीक्षण हुँदै आएको छ ।

प्रधानमन्त्रीले बालुवाटारमै विभिन्न कुटनीतिक तथा अन्य व्यक्तिहरुलाई भेट्दै आएका छन् । बिहीबार साँझ पनि उनले नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना जे मोहम्मदलाई बालुवाटारमा भेट दिएका थिए । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले सो अवसरमा शान्ति अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराएका थिए । संयुक्त राष्ट्रसंघका उपमहासचिव मोहम्मद शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय अभियानमा भाग लिन बुधबार नेपाल आएकी हुन् ।नेपाललाइभ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah