कङ्गो- प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भेगमा सैनिक कारबाहीका क्रममा संयुक्त राष्ट्रसंघमा आबद्ध आठ जना शान्ति सैनिकको विद्रोहीको आक्रमणमा परी मृत्यु भएको सुरक्षा परिषदले जनाएको छ ।
परिषदका अनुसार मारिने सुरक्षाकर्मीमा तान्जानीयाका एक जना र मलावीका सात जना रहेका छन् ।
कङ्गोमा राष्ट्रसंघीय शान्ति सेनाको यो दोस्रो ठूलो क्षति हो । गत वर्ष १५ जना शान्ति सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको थियो ।



