काठमाडौं- महाधिवेशन मार्फत् नयाँ नेतृत्व चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्ने नेविसंघका दुई समूहका बीच नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी भएको छ।

पूर्व मन्त्री समेत रहेका केन्द्रीय सदस्य वीर बहादुर बलायरले शान्त बस्न आग्रह गर्दा नाराबाजीमा उत्रिएका विद्यार्थी र नेता बलायरबीच भनाभन हुनुका साथै झण्डै-झण्डै हातहालाहालको अवस्था श्रृजना भएको थियो।

नेपाली काग्रेस केन्द्रीय समितिको बैठक सुरु हुन लाग्दा बैठकस्थल बाहिर नेविसंघका दुई समूह नाराबाजी गरेका हुन्।

आईतबारदेखि सकिन लागेको वर्तमान समितिका विषयमा निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमिति बैठक बस्न लाग्दा विद्यार्थी नाराबाजीमा उत्रेका थिए।

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको समूहले पार्टीले विधान कब्जामा राखेको भन्दै सार्वजनिक गर्न माग गर्दै नाराबाजी गरेका थिए भने अर्का समूहका विद्यार्थीले महाधिवेसन हुने वातावरण बनाउन माग गरेका थिए।

पार्टी केन्द्रीय समितिको बैठक सुरु हुन सकेको छैन। कार्यालय परिसरमा दुवै पक्षका विद्यार्थीको नाराबाजी जारी छ।नेपाललाइभ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah