काठमाडौं, १ मंसिर– मंसिरको अन्तिम सातादेखि नेपाली भुमिमा रेल कुद्ने पक्का भएको छ । ५ वर्ष अगाडिदेखि बन्द भएको जयनगर–जनकपुर रेल सेवा पुनः सञ्चालनमा आउन लागेको हो । पुरानो रेल बन्द भएपछि नेपालमा रेल सञ्चालन थिएन ।
भारत सरकारले नै पुरानो रेलमार्गको स्तारबृद्धिसहित जनकपुर–जयनगर–कुर्थासम्मको रेलसेवालाई मंसिर २६ गते हुने औपाचारीक कार्यक्रमपछि पुन सञ्चालनमा ल््याइने भएको छ ।
रेल विभागका अनुशार भारत सरकारका रेलमन्त्री सुरेश प्रभु र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबाट रेलको उद्घाटन गरेर औपचारिक रुपमा नेपालमा रेल सेवा सुरुवातको घोषणा गर्ने गरी कार्यक्रम तय भएकोे छ ।
न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किमिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्ने गरी सबै तयारी पुरा भएको छ । लिकमा रेलको परिक्षणसमेत भइसकेको छ । यो रेलसेवा नेपाल भारतबीच हुने ७० किमीको दुरीमा सञ्चालन हुने रेल विभागले जनाएको छ ।
भारत सरकारको सहयोगमा निर्माणाधिन जनकपुर–जयनगर–बर्दिवास खण्डको जयनगर–जनकपुर–बिजलापुरसम्मको ५२ किमी खण्डको पुरानो रेल लिकलाई सुधार गरेर नयाँ बनाइएको हो । रेल विभागका अधिकारीका अनुसार भारतले बर्दिवासदेखि विजलापुरसम्मको जम्मा ७० किमि दूरीमा रेलमार्ग बनाएको छ ।
भारतले निर्माण गरिरहेको यो रेलमार्गमध्ये तीन किमि भारत भुमिमा पर्छ भने ६७ किमि नेपाली भुमिमै पर्छ ।
रेल विभागले आफ्नै रेल खरिद गर्नुपर्ने माग गरेर सरकारसँग तीन अर्ब बजेटको प्रस्ताव गरेको भनिएपछि अहिलेसम्म रेल किन्ने विषयमा भने कुनै योजना बन्न नसकेको विभाग स्रोत बताउँछ ।



