काठमाडौं २ मंसिर । सर्वसाधारणलाई जारी गरिने राहदानीको बाहिरी रंग परिवर्तन हुने भएको छ। ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो। सरकारले दुई वर्षभित्र ई–पासपोर्टमा गइसक्ने नीति लिएको छ। सुरक्षित बनाउन राहदानीमा चिप्स राख्न र रंग परिवर्तन गर्न लागिएको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो। यससम्बन्धमा छलफल भइरहेको छ। ७० लाख थान राहदानीमध्ये १३ लाख बाँकी छन्। ती पनि सकिन लाग्दा ई–पासपोर्ट जारी गर्ने प्रक्रिया अघि बढेको छ।

ई–पासपोर्ट तयार गर्दा रंग परिवर्तन र पृष्ठ थपिने राहदानी विभागका अधिकारीले बताए। दक्षिण एसियाकै महँगो भनिएको नेपाली पासपोर्टको भित्र भिसा र विमानस्थल छाप उपयोग हुने जम्मा २२ पाना मात्र छन्। पृष्ठ बढाउने र हरियो रंग परिवर्तन लामो समयदेखि बहसमा थियो। हरियो पासपोर्ट बोक्दा कैयन राष्ट्रले नेपालीलाई हेर्ने दृष्टिकोण समेत फरक परेको छलफलमा उठेको भन्दै परिवर्तन गर्न लागिएको हो।

सर्वसाधारणले बोक्ने पासपोर्ट कफी, कलेजी र मेहँदी रंगमध्ये एउटा बनाउने छलफल भए पनि विभागको प्रस्तावमा अक्वा ब्ल्यू (हल्का निलो) प्रस्ताव गरिएको छ। यसमा अहिले पनि बहस भइरहेको छ। अधिकांशको जोड कफी रंगमा छ। विश्वका अधिकांश देशका सर्वसाधारणले बोक्ने पासपोर्ट कफी रंगकै रहेको छ। कतिपय खाडी देशकै झण्डा र राष्ट्रको रंग समेत हरियो रहेकाले पनि रंग फेर्न छलफल भइरहेको हो।

‘रंगबारे अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन आईकाओको बाध्यकारी नियम नहुँदा समस्या आएको हो’, राहदानी विभागका एक अधिकारीले बताए। हुन त सरकारले यसअघि नै ६ प्रकारका पासपोर्ट जारी गर्ने जनाइसकेको छ। सरकारले साधारण (हरियो), कूटनीतिक (रातो), विशेष (नीलो) र यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट/कालो) गरी ४ प्रकारका राहदानी जारी गरिरहेको छ।

रातोबाहेक अन्य सबैको रंग फेरिने विभागले जनाएको छ। सरकारले संसद्मा पेस गरेको राहदानी ऐन संशोधन विधेयकमा ५ खालका राहदानी र ट्राभललग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको थियो। थपिने दुई राहदानीमा ‘सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’ छन । विधेयकमा कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई सर्भिस पासपोर्ट दिने व्यवस्था पनि छ। जहाजमा काम गर्नेलाई सिम्यान्स पासपोर्ट–लग उपलब्ध गराउने विषय पनि परेको छ। थपिने पासपोर्टको रंगबारे छलफल हुनेछ। यसको पनि रंग टुंगो लागेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah