काठमाडाैँ- डा गोविन्द केसीलाई थप उपचारका लागि सिसियूमा भर्ना गरिएकाे छ। अस्वस्थ भएपछि उनलाई बिहान ४ बजे त्रिवि शिक्षण अस्पतालको मनमोहन सेन्टरको आकस्मिक कक्षमा लगिएको थियो।

आकस्मिक कक्षबाट उनलाई सिसियुमा लगिएको डा अभिषेकराज सि‌ंहले जानकारी दिए। उनको छाती दुखेकोले उपचारका लागि भर्ना गरिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको उपचार चलिरहेको र रिपोर्ट अाउन बाँकी रहेको उनका निकटस्थ बताउँछन्।

उनकाे उपचारमा डा अरुण सायमी र उनकाे टिम संलग्न छन्।