काठमाडौं : बलिउड अभिनेता अमिताभ बच्चनले किसानको करौंडौं बराबरको ऋण चुक्ता गरेका छन्। उनले किसानको ४ करोडभन्दा बढीको ऋण चुक्ता गरेका हुन्। मंगलबार अमिताभले आफ्नो ब्लगमार्फत जानकारी दिँदै १ हजार ३ सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरेर आफूले जिम्मेवारी उठाएको बताएका छन्। उनले 'आफूलाई एउटा काम पूरा गरेको महशुस भइरहेको पनि बताएका छन्।

यी किसान सबै उत्तर प्रदेशका हुन्।अमिताभ पनि उत्तर प्रदेशका नै हुन्।पछिल्लो समय भारतमा किसानको ठूलो जमात ऋणको समस्यामा परेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

किसानका लागि ट्रेन

अमिताभले एक सरकारी बैंकबाट किसानले लिएको ऋण चुक्ता गरेका हुन्। उनले ब्लगमार्फत जानकारी दिएअनुसार यो रकम बैंक अफ इन्डियासँग संझौता गरेर एकमुस्ट चुक्ता गरिएको हो। बैंकले अब कुनै तिर्नुपर्ने रकम नरहेको प्रमाणपत्र जारी गर्दैछ। ७६ वर्षीय अभिनेताले लेखेका छन् 'म चाहन्छु कि यो प्रमाणपत्र ती किसानलाई भेटेरै दिन पाउँ।'

तर, सबै किसानलाई मुम्बई आउन समस्या भएपछि अमिताभ आफैले किसानका लागि ट्रेनको एक डिब्बा रिजर्व गरेका छन्। यी किसान यही २६ नोभेम्बरमा अमिताभसँग आफ्नो बैंक डकुमेन्ट लिन मुम्बई आउनेछन्। यसैवर्ष अमिताभले महाराष्ट्रका ३५० किसानको ऋण चुक्ता गरेका थिए।

सन् २००७ मा अमिताभ जमिनको एक सम्झौताका कारण विवादमा आएका थिए। यो घटनामा अदालतले अमिताभले ९० हजार वर्ग फुट जमिन अवैध ढंगले आर्जित गरेको बताएको थियो।

तर, अमिताभले जमिनको दावी छोडेपछि उनीमाथि लगाइएको आरोप भने फिर्ता लिइएको छ। स्रोत : बीबीसी हिन्दी