बेइजिङ / उत्तरपूर्वी चीनमा विद्यालय जान लागेका स–साना बालबालिकाले बाटो काट्ने क्रममा कारले ठक्कर दिएपछि पाँच जनाको मृत्यु भएको छ । बाटो काट्दै गरेका उनीहरुलाई एक कारले ठक्कर दिएपछि पाँच बालबालिकाको मृत्यु हुनुृको साथै अन्य १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

लिआओनिङ प्रान्तको हुलुदाओ शहरमा यो दुर्घटना भएको हो । ठक्कर दिने कारको चालकलाई हिरासतमा लिइ अनुसन्धान सुरु गरिएको स्थानीय टेलिभिजनले जानकारी दिएको छ । सो कार गलत दिशाबाट आएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । गलत दिशाबाट आएकोले बाटो काटिरहेका बालबालिकालाई ठक्कर दिएको उनीहरुको भनाई छ ।

यसै महिनाको शुरुमा चोङ्गकिङ प्रान्तमा एक सडक दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको थियो । गत सेप्टेम्बरमा हुनान प्रान्तमा भएको एक सडक दुर्घटनामा ११ व्यक्तिको मृत्यु भएको थियो ।
रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah