(एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई पञ्चायती सत्ताले १४ वर्ष भन्दा बढी जेलमा राख्यो । जेल भित्रको पनि जेलका रुपमा रहेको गोलघरमा समेत राखेर यातना दिइएका ओलीको जेलजीवनबारे उनीसँगै जेल बसेका नारद भारद्वज (वाग्ले)सँग  बिनु पोखरेलले गरेको कुराकानीमा आधारित ।)

पञ्चायतले २०२१ सालमा भूमिसुधार नीति ल्यायो । सबै भन्दा पहिला झापामा भूमिसुधार लागू भयो । त्यसको प्रचारका लागि पछि २०२३ सालमा राजा महेन्द्र आफैं झापा पुगेका थिए । बुधबारेको एउटा स्कूलमा एउटा बिशाल सभा थियो । त्यसैले पनि हुनुपर्छ झापामा एक खालको राजनैतिक वातावरण बन्यो र जनता सचेत र जागरुक भए । तर भूमिसुधार लागू हुन नदिन त्यहाँका जमिनदारहरु यति सक्रिय थिए कि उनीहरु गरिवहरुलाई झनै दमन गर्न थाले । उनीहरु नक्कली कागज बनाउने र मोहियानी हक नदिने गर्न थाले । यसले समाजमा उकुस मुकुस हुन थाल्यो ।

त्यसताका कम्युनिस्ट पार्टीको पूर्वकोसी प्रन्तीय कमिटी भन्ने एउटा कमिटी थियो । हामी त्यसैमा रहेर काम गरिरहेका थियौं । यो २०२९ सालको कुरा थियो । त्यसको अध्यक्ष मनमोहन अधिकारी हुनुहुन्थ्यो । त्यही कमिटीको मातहतमा झापा जिल्ला कमिटी थियो । झापा जिल्ला कमिटीले आन्दोलन छेडेर जाऔं भन्दा पूर्वकोसी प्रान्तीय कमिटीले मानेन । त्यसपछि सो कमिटीबाट झापा जिल्ला कमिटीले बिद्रोह गर्यो र छुट्टै बिद्रोही जिल्ला कमिटी निर्माण गर्यो । त्यही कमिटीले झापा आन्दोलन गर्यो । जसलाई झापा बिद्रोह भनिन्छ । त्यसको अध्यक्ष पहिले राधाकृण्ण मैनाली हुनुहुन्थ्यो । पछि उहाँलाई ट्युबरक्लोसिस भएपछि यसको पुनर्गठन भयो र यसको अध्यक्ष केपी कमरेड हुनुभयो ।

केपी ओलीलाई अरुलाई भन्दा बढी कुट्थ्यो । फलामको कुर्सिमा कुर्कुच्चा टेकाएर राख्थ्यो । एउटा पुलिसले पेटमा टेक्ने र अर्कोले बाँसका भाटा, डण्डी र पेटीले हान्थ्यो । होस नगुमाउन्जेल पिटीरहथ्यो । पिट्दा पुलिस नै थाकेर लखतरान हुन्थे ।

स्थानीय तहमा स–साना कमिटी थिए । ती कमिटीहरुले हाम्रो आन्दोलनको बिरुद्धमा रहेका जमिनदारहरुलाई खोजी गरी कार्वाही गर्थे । जमिनदारहरुको बिरुद्धमा चलेको अभियानको बिरोधी र जनतामाथि दमन गर्नेलाई कार्वाही गर्ने हाम्रो अभियानमा आठ जना मारिएका थिए ।

गरिवले खेत जोत्ने खन्ने रोप्ने र धान लहलह फल्ने । साहुले तिनै किसान लगाएर धान थन्क्याउने तर, ती काम गर्ने सबै भोकभोकै मर्नु पर्ने भयो । धनी र गरिवबीचको यस्तो खाडल बढेपछि जनता आफैं उठेर जमिनदारका खेतबाट धान काटेर जनताकोमा ल्याएर थन्क्याउन थाले । धान पाकेपछि ती जमिनदारहरु थर्कमान हुने अवस्था आउन थाल्यो । यो हाम्रो अभियानको रुपमा अघि बढ्यो ।

हामीलाई साथ दिने र जनताको बराबरीमा रहन चाहाने कति जमिनदारहरु हाम्रो आन्दोलनमै सरिक थिए । कति जमिनदार भने हाम्रो यो अभियान निस्तेज पार्न चाहान्थे । समाजमा समानता ल्याउने र आन्दोलन दबाउनेहरुलाई त्यसपछि के गर्ने भन्ने योजना बन्दै जाँदा जनताका काममा अबरोध गर्नेलाई कार्वाही गर्ने अभियान चलायौं । एक दुई जना चाप्लुसी र खुदै जमिन्दार गरेर आठ जनालाई हामीले कार्वाही गरिसकेका थियौं ।

एउटा सानो निहुँ पारेर हामी सबैलाई एउटा कोठामा जम्मा पारेर कुट्थ्यो । खुट्टामा नेल लगाएको हुन्थ्यो । यताबाट टिल भएको छालाको पेटीले कुटेर अर्को छेउ पुर्याउँथ्यो । सबैलाई रगतपच्छे हुने गरी कुट्थ्यो । उठ्नै नसक्ने भएपछि कुनै बेला त बेहोस भएपछि मात्र छोड्थ्यो ।

ओली भौतिक कारवाहीको विपक्षमा
चारपाने भन्ने गाउँ सबैभन्दा क्रियाशील मान्छेहरु बस्ने गाउँ थियो । जहाँ केपी ओली हुनुहुन्थ्यो । रामनाथ दहाल पनि अर्को योद्धा हो सोही ठाउँको । धुलाबारी पनि राजनीतिको केन्द्र नै थियो । केन्द्रीय कमिटीमै रहने नेतृत्वदायी हैसियत भएका नेताहरु त्यहाँ हुनुहुथ्यो । गोपालकृष्ण प्रसाई, बुद्धसिंह राजबंशी, तुलसी सिलवाल, नरेश खरेल जस्ता नेता हुनुहुन्थ्यो । अर्को दुवागडी क्षेत्र धेरै नै सक्रिय थियो । त्यहाँ राधाकृष्ण मैनाली, सिपी मैनाली हुनुहुन्थ्यो । झपाका दक्षिणी क्षेत्रमा पनि राजनैतिक प्रभाव थियो । पृथ्बीनगर क्षेत्र र गरामनी पनि प्रभावित क्षेत्र थिए । गरामनीमा नेत्र घिमिरेले नेतृत्व गर्नुभएको थियो । त्यस्तै अर्काे प्रभावित क्षेत्र बुधबारे पनि हो । झापा आन्दोलनको सांगठनिक क्रियाकलापहरु त्यहीँबाट भएका छन् । झापाका हरेक गाउँ पञ्चायतमा यसरी परिचालित थियौं हामी । यसरी चलिरहेको हाम्रो आन्दोलन निस्तेज पार्न सरकारले हाम्रा नेताहरुलाई पक्राउ गर्दै जेल हाल्दै मार्ने गर्न थाल्यो । अभियान त चलिरहेको थियो । जमिनदारहरुलाई भौतिक कार्बाही गर्ने अभियानको भने केपी ओली बिरोधी हुनुहुन्थ्यो । जालसाजी र थिचोमिचोबारे जनतालाई कुरा बुझाउने मात्र गर्नु पर्छ भौतिक कारवाही गर्नु हुँदैन भन्ने केपी ओलीको विचार थियो । तर, सिपी मैनालीसहित अन्य बहुमत साथीहरु आन्दोलन यसैगरी हाँक्नु पर्छ भन्ने अडानमा भएकाले उहाँ अल्पमतमा पर्नु भयो । जनतालाई सामन्तविरुद्ध संगठित गर्ने र सचेत बनाउने र सवल जनमतले तह लगाउने ओलीको भनाई थियो भने अरु साथीहरु भौतिक कारवाही गर्नु पर्छ भन्नुहुन्थ्यो ।

भौतिक कारवाही गर्ने कुराप्रति असहमत रहनु भएका ओली पार्टीको नीतिले धेरै तनावमा हुनुहुन्थ्यो । यही कारण उहाँ झापा छोडेर अन्य जिल्ला जानु भयो । जमिमदार नै भए पनि मारेर र हतियार एकठ्ठा गर्दै जाने कुराको बिरोधमा ओली हुनुहुन्थ्यो । यसै विषयमा अन्य साथीहरुसँग मतभेद भइरहेका बेला ०३० साल साउनमा रौतहटबाट केपी ओली र मोहनचन्द्र अधिकारी पक्राउ पर्नुभयो । म गरामनीबाट पाँच जना साथीहरु सहित पक्राउ परेँ ।

त्यो बेला झापाका ६६५ जनालाई गिरफतार गर्यो प्रशासनले । र ती मध्ये २६० जनालाई ६ महिना देखि २० बर्षसम्म जेल सजाय सुनायो । त्यसमा पनि हामी २० जानालाई बिभिन्न समयमा केन्द्रीय कारागार गोलघरमा पुर्याएको थियो ।

मैले जेलबाटै डिग्री गरेँ र पछि बाहिर आएर पीएचडी गरेँ । उहाँलाई चाहिँ जेल सारेको सार्यै गरेर पढे पनि जेलबाटै परीक्षा दिन पाउनु भएन ।

केन्द्रीय कारागारमा ओलीसँग भेट
हामी पक्राउ पर्ने मध्ये कसैलाई के कसैलाई के एक एकवटा मुद्दा लगाइएको थियो । केपी ओलीलाई चाहीँ कुनै एउटा मात्रै मुद्दा लगाएको थिएन । उहाँ अगुवा भएको हिसाबले झापामा जति घटना भए ती सबैको मुद्दा लगाइएको थियो । झापामा आन्दोलन तिब्र भएपछि उहाँ मोहनचन्द्र अधिकारीलाई भेट्न रौतहट आउनुभएको थियो । उहाँ रौतहटबाटै पक्राउ पर्नु भएको हो । उहाँसँगै मोहनचन्द्र अधिकारी पनि पक्राउ पर्नु भयो । उहाँहरुलाई केही समय बीरगञ्जमा राख्यो र बयान लिएर केन्द्रीय कारागारको गोलघरमा लगेर राख्यो ।

मलाई झापाको जेलमा एक बर्ष राख्यो र बीरगञ्ज पुर्याउँदै एक बर्षपछि केन्द्रीय कारागार लग्यो । मैले ओली कमरेडलाई त्यही भेटेको हुँ । म युथ लीगमा थिएँ, केपी कमरेड चाहीँ सो बिद्रोही कमिटीको सचिव हुनुहुन्थ्यो ।

भद्रगोल र महिला कारागार सहित त्रिपुरेश्वरमा र सुनधाराको बीचमा तीनवटा जेल थिए । झापा आन्दोलनमा पक्राउ परेका बढी सक्रिय छन् भन्ने ठानेर प्रशासनले छानीछानी त्यहाँ पुर्याएको थियो । हामी झापा आन्दोलनका कैदी २० जना थियौं । तर त्यो संगठनका पनि लिडर मानिएका केपी र अन्य दुई जनालाई अझ बढी निगरानीमा राखिएको थियो ।

०००

केही महिनापछि फेरि उहाँलाई त्यो सेलबाट नक्खु जेलमा ल्यायो र हामी सगैँ भयौ । यो २०३१ र २०३३ सालबीचको कुरा हो । उहाँ र सीपीको राजनैतिक मतभेद भएकोले उहाँ राजनैतिक आइसोलेसनमा हुनुहुन्थ्यो । उहाँलाई एक्ल्याइएको थियो । तर यसको उहाँ डटेर प्रतिवाद गर्नुहुन्थ्यो । उहाँहरु बीच बोलचाल नै हुँदैनथ्यो । अलि पछि हँुदै गएपछि हामीले उहाँहरुलाई बोल्न इन्करेज गर्यौ र जेलका राजनैतिक क्रियाकलापमा सम्बाद गर्ने वातावरण बन्यो । सम्बाद गर्न थाल्नु भयो । यो कुराले हामीलाई धेरै सहज भएको थियो ।

विश्व इतिहास दिग्दर्शन, हिन्दीका धेरै भोल्युमहरु पढ्थ्यौं । उहाँको यस्तो अद्भुत क्षमता थियो कि हामी सँगै पढ्न बस्थ्यौं तर, पछि त्यो दोहोर्याएर सोध्दा ९९ प्रतिशत कुरा उहाँलाई सम्झना हुन्थ्यो । त्यसरी पढेकोले पनि होला विश्व मामिलाको बिषयमा उहाँ धेरैले ज्ञान छ उहाँसँग ।

केपी ओली सामान्य मान्छे हो । आफूलाई धेरै एक्पोज गरौं भन्ने मानसिकता उहाँमा थिएन । रोगी रागी हुनुहुन्थ्यो । उहाँ धेरै नै दुब्लो हुनुहुन्थ्यो । उहाँलाई पेट दुखिरहन्थ्यो । जेलको खाना र पटक पटकको यातनाले हामी इन्तु न चिन्तु थियौं ।

त्यसबेला दिनको ७५ पैसा र सात सय ग्राम उसिनेको चामल दिन्थ्यो । त्यसैले सबैकुरा पुर्याएर खानु पथ्र्यो । चप्पल, लुगा, किताव, अम्बल केही भए त्यसैबाट पुर्याउनु पथ्र्यो । तर ओली कमरेडको त त्यस्तो केही अम्मल थिएन ।

म चाही त्यहाँ भए मध्येको कान्छो, सानो, मायालु थिएँ । मलाई प्रशासनका मान्छेले बोलाएर तँलाई त्यो गु्रपबाट हामी छुटाउँछौ । तेरो भबिश्य हेर, यस्तो उमेरमा यसरी लाग्नु हुँदैन भनेर सम्झाउँथे ।

ओली कमरेड र म अति नै सानो चेडाको मान्छे थियौं । एउटा कराहीमा तताएको पानीले नै उहाँलाई र मलाई नुहाउन पुग्थ्यो । त्यो बेला पनि हामी चालीस बयालीस केजीका थियौंहोला ।

केपी ओली सानो, ख्याउटे ज्यानको भए पनि दिमाग खुब चल्ने । उहाँसँग बस्दा दुःखमा पनि रमाइलो हुन्थ्यो । म उहाँसँग बस्न खुब रुचाउँथे । तर हाम्रो रुची अनुसार कहाँ त्यहाँ बस्न पाइन्थ्यो र ? जेल छुट्ने बेलामा हामी सँगै थियौं । नख्खु जेल र भद्रगोल जेलमा जम्मा गरेर दुई बर्ष हामी सँगै बस्यौं । हामीले बिताएका जेलका सबै बर्ष सँगै नभए पनि सुरुमा र छुट्ने बेलामा सँगै भयौं ।

केपीको बुबाले दोस्रो बिबाह गर्नु भएको थियो । आमा सानैमा वित्नु भएको र हजुरआमाले उहाँलाई हुर्काउनु भएको हो । आर्थिक सहयोग चाहीँ रामनाथ दहालले गरेर माध्यमिक शिक्षा लिनु भएको हो । तर यो पनि हामी जेलबाट निस्कने बेलामा मात्र थाहा पायौं । आफ्नो पारिवारिक दुःखका विषयमा उहाँले कहिल्यै सुनाउनु हुन्थेन । मलाई यस्तो दुःख छ, मलाई यो चाहिन्छ भनेर भन्ने काम पनि कहिल्यै गर्नु भएन । उहाँसँग पीडा भए पनि हंसमुख स्वाभावको । जति दुःख भए पनि ठट्टा गरेरै पचाइदिने । उहाँले कहिल्यै आफ्नो दुःख अरुमा थोपर्नु हुन्थेन । यो कुरा त हामीले धेरै पछि थाहा पाएका हौं । बरु जेलमा बस्दा पनि उहाँ जतिबेलै हंसाएरै सबैलाई दुःखको अनुभव हुन दिनुहुन्थेन । जे गरे पनि मन भित्रैदेखि गर्ने बानी छ उहाँको । हामी जेलमा टेबल टेनिस खेल्ने गथ्र्यौं । उहाँ टेबल टेनिस खेल्न माहिर मान्छे । उहाँ हरेक पटक जित्नुहुन्थो । खेल खेल्ने पनि आफ्नै तरिका थिए । तर, जितेर दम्भ हुन्थेन उहाँमा । उहाँले हार्ने टिमलाई पनि हारेको जस्तो महसुस हुन कहिल्यै दिनु हुन्थेन । हार्ने टिमलाई हंसाई हंसाई सबै भुलाई दिनुहुथ्यो । उहाँमा निराशा भन्ने कहिल्यै देखिंदैनथ्यो । जेलमा सबै अत्ताल्इिरहेको बेलामा पनि उहाँ धैर्य देखिनु हुन्थ्यो ।

बेहोस हुनेगरी कुट्थ्यो
एउटा सानो निहुँ पारेर हामी सबैलाई एउटा कोठामा जम्मा पारेर कुट्थ्यो । खुट्टामा नेल लगाएको हुन्थ्यो । यताबाट टिल भएको छालाको पेटीले कुटेर अर्को छेउ पुर्याउँथ्यो । सबैलाई रगतपच्छे हुने गरी कुट्थ्यो । उठ्नै नसक्ने भएपछि कुनै बेला त बेहोस भएपछि मात्र छोड्थ्यो । केपी ओली प्रमुख भएको हुनाले हो कि उहाँलाई अलि बढी कुट्थ्यो । खुट्टाका बुढी औला बाँधेर फलामको कुर्सिमा कुकुच्चा टेकाएर राख्थ्यो । एउटा पुलिसले पेटमा टेक्ने र अर्कोले बाँसका भाटा, डण्डी, पुलीसले लगाउने बकल भएको पेटी र टायरले पिट्थ्यो । होस नगुमाउन्जेल पिटीरहथ्यो । पिट्दा पुलिस नै थाकेर लखतरान हुन्थे । तर कुटाई खाएर पछि भेला हुँदा उहाँकै मुख हंसिलो हुन्थ्यो । बरु उहाँ हामीलाई के के भनेर हँसाउनु हुन्थ्यो ।

पिट्नको लागि कुनै कारण चाहिन्नथ्यो । उनीहरु घुम्दै आउँदा हामी बोल्दै गरेको भए चुप लाग्यौं । बोलिरहेको फेला पार्यो भने के योजना बनाइस् भन्थ्यो र मरुन्जेली कुट्थ्यो । यता उता हेरेर हिड्यो भने पनि यो जेल तोड्ने कुरा गर्दैथ्यो भनेर कुरा लगाउँथ्यो र सबैलाई एउटै कोठामा जम्मा गरेर कुट्थ्यो ।

हुन त जेलमा पढ्ने र दिन बिताउने भन्दा बढी कुरा के हुन्थ्यो र ? हामी सबै पढ्थ्यौं तर, उहाँको पढाई फरक खालको हुन्थ्यो । हामी पढ्न र दिन कटाउन पढ्थ्यौं, तर उहाँको पढ्ने स्टाइल नै फरक थियो । उहाँले एक पटक पढेको किताक पल्टनउनै पर्थेन ।

जेलमा हुँदा जे पनि सहियो । हामीसँगै दुईजना महिला साथीहरु जेल पर्नुभएको थियो । उहाँहरुको कोठा अलि छुट्टै थियो । उहाँहरुलाई राती ड्युटीमा आउने प्रहरीहरुले ढोका खोल हामी आउँछौं भन्दा रहेछन् । उहाँहरुले हामीलाई सुनाउनु भयो । हामीले उहाँहरुको प्रोटेक्ट त गर्नुपर्यो । त्यसको प्रतिबाद गर्दा २५ जना जतिको जत्था आएर यति कुट्यो कि हामी पाँच जनालाई । खुट्टामा नेल लगाएको छ, हात बाँधेर यताबाट लात्तीले हानेर उता पुर्याउँछ । उताबाट यता हामी सबै रगतपच्छे भएर ढलेपछि कति बेला छोड्यो थाहा पनि भएन । यसरी कुट्थ्यो । कुट्दा कुट्दा मरे पनि उनीहरुलाई केही हुँदैनथ्यो । मरे पनि एउटा बहाना बनाएर कागज लेखिदिए पुगिहाल्थ्यो । त्यसरी धेरै यातना दिन्थ्यो ।

जेलमा राजनैतिक क्रियाकलाप गर्नेलाई बढी नै यातना दिन्थ्यो । उहाँ झापा आन्दोलनको प्रमुख नै भएको कारण बीरगञ्ज, गौर नक्खु जेल हुँदै उहाँलाई पोखरा दाङ, बाग्लुङ र फेरि नक्खु गरी धेरै ठाउँ घुमायो । उहाँले धेरै जेल घुमाइएकोले पढाईलाई कन्टिन्यू गर्न असजिलो भयो ।

राजनैतिक बन्दी र अन्य बन्दीहरु जेलमा सत्रु जस्तै हुन्छन् । सबै जेलमा राजनैतिक बन्दी हुँदैनन् । राजनैतिक बन्दीले अन्य बन्दीका क्रियाकलाप नियाल्छन् भन्ने हुन्छ र राजनैतिक बन्दीको कारण नै हामी यस्तो भयौं भन्ने अन्य बन्दीले दोष लगाउने हुन्छ । त्यसैकारण अन्य जेलमा सार्नु भनेको मानसिक यतना दिनु हो । प्रशासनले केपी कमरेडलाई यस्तो धेरै गर्यो र पनि उहाँले आफूलाई परीक्षा दिन नपाए पनि अध्ययनशील राखिराख्नु भयो ।

उहाँमा तिक्ष्ण विचार र ससानो कुराको पनि विश्लेशण गर्ने क्षमता धेरै थियो । साना साना प्रसंगहरुलाई पनि बेग्लै एगंलबाट प्रस्तुत गरेर मान्छेहरुलाई झस्काउने गर्नुहुनथ्यो, जुन अहिले पनि छ ।

फोटो: हरियो ज्याकेटमा दायाँबाट दोश्रो केपी शर्मा ओली र डा. नारद भारद्वज चस्मामा

जेलमा हामी डिक्सनरी पढ्थ्यौं । अग्रेजी पढ्न उहाँ अति रुची राख्ने मान्छे । पढेर सम्झन सक्ने क्षमता उहाँमा तिब्र छ । पढ्ने मान्छे त धेरै हुन्छन् तर, मलाई लाग्छ उहाँ पढ्ने मात्र होइन आफ्नो सन्दर्भमा उतारेर बोध गर्नुहुन्छ । त्यही बोध क्षमताले केपी ओलीको प्रस्तुतीलाई अरुको भन्दा बेग्लै बनाएको हो जस्तो लाग्छ मलाई ।
विश्व इतिहास दिग्दर्शन, हिन्दीका धेरै भोल्युमहरु पढ्थ्यौं । उहाँको यस्तो अद्भुत क्षमता थियो कि हामी सँगै पढ्न बस्थ्यौं तर, पछि त्यो दोहोर्याएर सोध्दा ९९ प्रतिशत कुरा उहाँलाई सम्झना हुन्थ्यो । त्यसरी पढेकोले पनि होला विश्व मामिलाको बिषयमा उहाँ धेरैले ज्ञान छ उहाँसँग । अनि पढेका कुरा मेमोरी राख्न सक्ने पावर भने तेज छ । मैले जेलबाटै डिग्री गरेँ र पछि बाहिर आएर पीएचडी गरेँ । उहाँलाई चाहिँ जेल सारेको सार्यै गरेर पढे पनि जेलबाटै परीक्षा दिन पाउनु भएन । जेलबाट निस्किएर उहाँले जति बिषयको सर्टिफिकेट लिए पनि उहाँको सिकाइको रफ्तारले मिल्थ्यो ।

केपी ओली हद भन्दा बढी जिज्ञासु । फेरि चासो राखेको बिषयमा कहिँ न कहिँबाट सूचना खोजेर त्यो बिषयमा पहिले नै तयारी भैसक्ने तर बाहिर नदेखाउने । उहाँले जेलमा भन्दा जेलबाट बाहिर निस्केपछि विभिन्न भाषाको ज्ञान लिनुभयो ।

एकपटक पढेपछि पुग्यो
जेलमा बस्दा पाएका सबै किताब उहाँ कन्ठस्तै पार्नुहुन्थ्यो । उहाँसँग आइक्युको त भण्डार नै छ । एक पुस्ताको होइन तीन पुस्ताको बराबर बुझ्न सक्ने क्षमता छ उहाँमा । हुन त जेलमा पढ्ने र दिन बिताउने भन्दा बढी कुरा के हुन्थ्यो र ? हामी सबै पढ्थ्यौं तर, उहाँको पढाई फरक खालको हुन्थ्यो । हामी पढ्न र दिन कटाउन पढ्थ्यौं, तर उहाँको पढ्ने स्टाइल नै फरक थियो । उहाँले एक पटक पढेको किताक पल्टनउनै पर्थेन ।

केपी ओली हद भन्दा बढी जिज्ञासु । फेरि चासो राखेको बिषयमा कहिँ न कहिँबाट सूचना खोजेर त्यो बिषयमा पहिले नै तयारी भैसक्ने तर बाहिर नदेखाउने । उहाँले जेलमा भन्दा जेलबाट बाहिर निस्केपछि विभिन्न भाषाको ज्ञान लिनुभयो ।

जन्मसिद्ध कुरा बढी छन् उहाँमा, जुन हामी सबैमा छैनन् । उहाँ राम्रो बिश्लेशक हो, एउटा राम्रो साथी पनि । अध्ययनशील, पढेका ९९ प्रतिशत कुरा सम्झननामा राख्न सक्ने, ह्याण्डराइटिङ धेरै राम्रो भएको, धेरै पीडामा पनि आफूलाई हँसमुख राख्न सक्ने, लेखन त झनै उहाँको धेरै राम्रो छ । अर्टिकल कबिता सबै कुरा । जेलमा बस्दा तत्काल कबिता लेखेर सुनाउनु हुन्थ्यो उहाँ हामीलाई । ती अझै संग्रहित पनि छन् ।

ओली कमरेड र म अति नै सानो चेडाको मान्छे थियौं । एउटा कराहीमा तताएको पानीले नै उहाँलाई र मलाई नुहाउन पुग्थ्यो । त्यो बेला पनि हामी चालीस बयालीस केजीका थियौंहोला । म त त्यति होइन तर, केपी कमरेड पिलन्धरे र रोगी पनि हुनुहुन्थ्यो । उहाँलाई त्यति सन्चो हुन्थेन । जेलमा त्यही भएर होला उहाँ जस्तोसुकै होस् खाना चाहीँ राम्रो र मीठो खानुपर्ने भन्ने मान्छे । हामीलाई चामल र खर्च गर्ने ७५ पैसा दिथ्यो । त्यतिले सबै खर्च पुर्याउनु पर्ने हुन्थ्यो । उहाँको एउटा बानी चाहीँ खाना उहाँ जस्तोतस्तो नखाने । खाना चाहीँ उहाँकै अनुसार हुनु पर्ने । केपी कमरेडलाई दही असाध्यै मन पर्ने । हरेक दिन उहाँलाई दही नै चाहिने । दही बिना उहाँ खान नै खान मन नपराउने । यसको मतलब खाना खाने कुरामा उहाँ धेरै सजग ।

जेलभित्र सुरुङ खन्दा
हामी जेलबाट भाग्ने योजना बनाउँदै थियौं । त्यसै बीचमा जेलमा एउटा घटनामा दोषी देखाउँदै मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली र केपी ओलीलाई जेल स्थानान्तरण गर्यो । मोहनचन्द्र अधिकारीलाई र राधाकृष्ण मैनालीलाई केन्द्रीय कारागार र केपीलाई पोखरा लग्यो । उहाँहरु जेल छोडेर भाग्नेमा पर्नु भएन ।
हामीले चाहीँ जेलबाट भाग्न के गर्न सकिन्छ भनेर अनेक योजना बनायौं । जेलको एक ब्लकबाट अर्को ब्लकमा जाने ठाउँमा हिलो थियो । हामीलाई त्यो खाल्डो पुर्नलाई इँटा ल्याउन दिनोस् भनेर पहिला जेलरसँग परमिसन माग्यौं । तर त्यो इँटा ल्याउन भन्दा पनि जेल बाहिर के छ, कसरी भाग्न सकिन्छ भनेर अनुगमन गर्नु थियो । सबैले ककसले के के देख्यौं, सबै लेख्यौ र अन्त्यमा सुरुङ खनांै भन्ने भयो । र सुरुङ खन्न लाग्यांै । एउटा करर्नरमा खरायो पालेका थियांै । त्यही खोरबाट सुरुङ खन्यौं र बिहान त्यही खरायोको खोर त्यहाँ राख्ने गथ्र्याैं ।

दुईजना उभिएर गफ गरेको त शंका गर्ने अवस्था थियो । दर्जनौ ओहोरदोहोर गरिरहने प्रहरीहरुको अघि सुरुङ खन्नु कम चुनौतिको कुरा थिएन । सुरुङ खन्दा हरेक दिन एउटा पाटाको बोराभरी एक क्वीन्टल जति माटो हरेक दिन हुन्थ्यो । त्यो माटो बिहान प्रहरी आउँदा तह लगाइसक्नु पथ्र्यो । उसले नयाँ माटो देखे कहाँबाट ल्यायो भनेर खोजी गरिहाल्थ्यो । खन्ने साधन झ्यालको ग्रील र पन्युँ हुन्थ्यो । खनेको माटो हामीले भरखरै बनाएको फूबारीमा लगेर हाल्थ्यौं र तत्काल फूलका बिरुवा रोप्थ्यौं । हामीले कति गहिरो र कति लम्बाई खन्ने भनेर सबैले अनुसन्धान गरेर रिपोर्ट बनायांै ।१० फिट गहिरो र ७० फिट खन्दा हामी जेलबाट बाहिर निस्कन सक्के भएपछि हामीले त्यही अनुसार खन्न सुरु गर्यौं । हरेक दिन १२ बजे जेलमा सिदा दिने समय हुन्थ्यो । त्यो बेला सबै जेलर त्यता गएको मौका पारी हामी निस्किएको माटो हाल्नलाई फूबारी बनाएका थियौं । त्यही फूलबारीमा लगेर माटो हाल्थ्यौं । हत्तपत्त कुटोले मिलाएर फूल रोपेर पानी हालिसक्थ्यौं । यो १० मिनटको समय हुन्थ्यो । माथि वाच टावर बाट पुलिस हेरिरहेको हुन्थ्यो । त्यसले पनि नहेरेको समय बनाएर त्यो काम सकिसक्नु पर्ने हुन्थ्यो । पैसा बचाएर हामी बाहिरबाट फूलका बिरुवा र सामान लिन जाँदा लिएर आउँथ्यौं । कति माटो भाँडामा भर्ने र माथिबाट खरानीले छोपेर लैजान्थ्यौं ।साथीहरुले वरिपरीबाट छेकेर त्यो माटो कल चलाएर धाराको पानीले पखाल्दै ढलबाट बगाउँथ्यौं । यो काम गर्ने हामी १५ जना थियौं । जाडोको बेला थियो, आज राती चिया खाने प्रोग्राम छ भनेर सबै एक ठाँउ भेला भयो । अनि सबैले एकएकवटा ओड्ने ओढेर जाने र एक एक पोका बनाएर ओढ्नेले छोपेर माटो ल्याउँथ्यौं अनि माटो ओच्छ्यान मुनि हाल्थ्यौं ।

त्यो बीचमा राति ढुंगा जुधेको आवाज आयो भन्दै शंका लागेर दुई पटक प्रहरीहरुले हाम्रो सुरुङ भएको ठाउँ खोजी गरे । तर पत्ता लगाउन सकेनन् । यसरी सत्तरी फिट पर सुरुङ निकालेका थियौं । यसरी हामीलाई पुरै सुरुङ खन्न ३२ दिन लाग्यो । सुरुङबाट १५ जना भाग्न सफल भयौं । त्यसको १० दिन पछि ५ जनालाई फेरि पक्राउ गर्यो । त्यसमा म पनि परेँ । केपी कमरेडलाई बिभिन्न जेल घुमाउँदै १० बर्ष पछि त्यही भद्रगोल जेलमा ल्यायो र फेरि हाम्रो भेट भयो ।

केपी ओलीलाई चाहीँ कुनै एउटा मात्रै मुद्दा लगाएको थिएन । उहाँ अगुवा भएको हिसाबले झापामा जति घटना भए ती सबैको मुद्दा लगाइएको थियो । झापामा आन्दोलन तिब्र भएपछि उहाँ मोहनचन्द्र अधिकारीलाई भेट्न रौतहट आउनुभएको थियो । उहाँ रौतहटबाटै पक्राउ पर्नु भएको हो ।

त्यो बेला मरिचमान सिंह प्रधानमन्त्री थिए । जेलमा बस्दा बस्दै केपी कमरेड एउटा उचाइको नेता भैसक्नु भएको थियो । म, केपी ओली, मोहनचन्द्र अधिकारी र राधाकृष्ण मैनालीलाई भद्रगोल जेलमा राखेको थियो । तर प्रधानमन्त्रीले भेट्दा चाहीँ केप ओली र राधाकृष्ण मैनालीलाई मात्र भेट्नु भयो । उहाँहरुसँगको कुराकानी पश्चात छोड्ने निर्णय गर्यो । एक हप्ता दिनको अन्तरमा हामीलाई छोड्यो ।

नेपालको कम्युनिष्ट आन्दोलन नै झापा आन्दोलनको जगमा छ । झापा आन्दोलनका प्रमुख नेतृत्वकर्ता नै अहिले पार्टी अध्यक्ष र देशको ३५ औ प्रधानमन्त्री भैसक्नु भएको छ । अहिले पार्टी मात्र हैन देश नै हाक्ने नेकपा एमाले बनाउने योगदानमा केपी कमरेड खरो उत्रनु भएको कुरा मैले भनिरहनु पर्दैन । उहाँको जे कुरामा अडान लिनुभएको थियो आज त्यसैले पार्टी र देशलाई यो ठाँउमा ल्याएको छ । साभार  चक्रपथ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय