झापा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहका जनप्रतिनिधिको काम गर्ने तरिका हेर्दा अख्यितारको फन्दामा पर्नेमा चिन्ता व्यक्त गरेका छन्। जिल्ला समन्वय समिति झापाले भद्रपुरमा शुक्रबार आयोजना गरेको स्थानीय सरकारका उपलब्धि र चुनौतीु विषयक एकदिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले इण्डोनेसियामा अहिले १०० जना नगरप्रमुख जेलमा रहेको बताएका हुन्।
अहिले नेपालको अवस्था हेर्दा यहाँका जनप्रतिनिधि पनि अख्यितारको फन्दा परी जेल जान सक्छन्। त्यसैले आफैँ ठेकेदार भएर काम गर्ने त्यस्ता जनप्रतिनिधिलाई बेलैमा सचेत हुन उनले आग्रह गरे। ‘जनप्रतिनिधिले जनताको निम्त्ति काम गर्ने हो’, उनले भने, ‘जनताको खिलाप गएर काम गर्ने जनप्रतिनिधिको मूल्यांकन जनता आफैँले गर्ने छन्। ’सिंहदरबारको अधिकार गाउँगाउँमा आएन भनी व्यापक चर्चा परिचर्चा भइरहेको बताउँदै मन्त्री पण्डितले भने, चन्द्रशमशेरले बनाइदिएको सिंहदरबारको इँट्टा झिकेर गाउँगाउँमा पठाएकै होइन।
सिंहदरबार त्यही छ र हुन्छ।’ सरकारले पठाएको व्यवस्थापिका, न्यापालिका, कार्यपालिका र आर्थिक अधिकार पठाएको हो। ‘संविधानमा उल्लेख भएबमोजिम यी अधिकार अहिले कार्यान्वयनको पक्षमा रहेकोले चाँडै अधिकार स्थानीय तहमा पुग्नेछ, उनले थपे। कर्मचारी समायोजन प्रसंगमा बोल्दै मन्त्री पण्डितले भने, ‘कर्मचारी समायोज अध्ययादेश मन्त्रिपरिषद बैठकबाट पारित भई लोकसेवा आयोग गइसकेको छ। अब छिट्टै समायोजन कार्यान्वयन हुँदैछ।
‘कर्मचारी समायोजन कार्यान्वयनमा आएलगतै कर्मचारीलाई प्रदेश तथा स्थानीय तहमा ढिला नगरी तुरुन्त पठाउँछौं। सरकारको आदेश नमान्ने कर्मचारीलाई घर पठाइने छ। आवश्यकताअनुसार पुनः लोकसेवा आयोगमार्फत नयाँ कर्मचारी नियुत्ति गर्ने छौं।ु कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले झापाका स्थानीय तह र जिससको डेढ वर्षको उपलब्धि र चुनौतीको विषयमा प्रकाश पार्दै सरकारले जिससको अधिकार खोसेकोले अधिकार फर्काइ दिन मन्त्रीसमक्ष आग्रह गरेका थिए। जिसस र स्थानीय तहमा कर्मचारी नहुँदा काम काज प्रभावित हुन थालेको अवगत गराउँदै अध्यक्ष पोर्तेलले भने यसका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने जिकिर गरे।



