नयाँदिल्ली । सवारी दुर्घटनामा परी ५ बच्चाहरुसहित २५ जनाको मृत्यु भएको छ ।
भारतको कर्नाटकमा शनिबार भएको यात्रुवहाक बस दुर्घटनामा परी अन्य कैयौँ घाइते पनि भएका अधिकारीले जनाएका छन् । कर्नाटक राज्यको राजधानी बेङ्लुरुदेखि १०५ किलोमिटर टाढा घटना भएको बताइएको छ । दुर्घटना भएपछि बस नहरमा खसेको थियो ।
ती घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको समाचारमा जनाइएको छ । केही घाइतेकोको अवस्था गम्भीर रहेका छन् ।




