दमक÷नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको पञ्जाबाट नेपाललाई मूक्त बनाएको बताएकाछन् । ठूलो जोखिम मोलेर आफूले देश बिकासको लागि भारतको पञ्जाबाट मुक्त गराएको बताएकाहुन् । उनले आफ्नो पञ्जामा नेपाललाई राखिराख्न चाहेको उल्लेख गर्दै ओलीले आक्रमक रुपमा भारतको पञ्चाबाट भुत्काएको स्मरण गरे । अहिले देश अब संसारसंग गासिन पुगेको जनाउदै चीनसंगको नाका खोल्नु ठूलो सफलता भएको जिकिर गरे । झापाको दमकमा शुक्रबार प्रदेश नं. १ को बैठकलाई सम्बोधन गर्दै ओलीले फागुण २१ गतेदेखि शुरु हुने मेची महाकाली जागर अभियानमा जनतामाझ लैजानका लागि आफूहरुले थुप्रै काम गरेको बताउदै अब सबै बडारिदै जाने दाबी गरे । मेचीको काकडभिट्टाबाट शुरु भएर महाकालीमा गएर सम्पन्न हुने यस जनशक्ति प्रदर्शनमा पार्टीका हरेक नेता कार्यकर्ता देखि लिएर समर्थकसम्मको सहभागिता रहने ओलीको भनाई थियो । यसलाइ आफ्नो पार्टीले महाअभियानको रुपमा अघि बढाउने जनाउदै ओलीले यसले राष्ट्रिय राजनीतिमा अकल्पनीय उतारचढाव ल्याउने दाबी गर्नु भयो । अभियानको बारे प्रष्ट पार्दै ओलीले भन्नुभयो–‘जगाउनु पर्नेहरुको आत्मबल जगाउछ, मनोबल खसाउनु पर्नेको मनोवल खसाउछ र एउटा नयाँ जागरणको शुरुवात हुनेछ ।’ प्रदुषित बिचारहरुलाई भेलले बगाएजस्तो बगाउनका लागि आफूहरुको अभियान सफल हुने जनाउदै एमाले बिरुद्ध चलाइएका भ्रमहरुलाई परास्त गर्ने ओलीले दाबी गरे । आदिबासी, मधेशी, दलित बिरोधी भन्नेहरुले यो अभियानबाट जवाफ पाउने भन्दै ओलीले एमाले जनताको माझको जनताको पार्टी बन्ने बताए ।
गृह जिल्लामा आएर ओलीले भने–मैले भारतको मुठ्ठी बाट देशलाई मुक्त गराए
सवाल नेपालसंवाददाताशुक्रबार, १९ माघ २०७३

गृह जिल्लामा आएर ओलीले भने–मैले भारतको मुठ्ठी बाट देशलाई मुक्त गराए
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



