ताइपेई । ताइवानका राष्ट्रपति साई इङ–वेनको दलडेमोक्रेटिक प्रोग्रसिभ पार्टी (डिपीपी) ले स्थानीय निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेको छ ।राष्ट्रपति साईले स्थानीय निर्वाचनमा आफ्नो दल डिपीपी को पराजयको जिम्मेवारी लिँदै दलको नेतृत्वबाट शनिबार राजिनामाको घोषणा गर्नुभएको छ ।

उहाँले अकस्मात गरेको राजिनामाको घोषणा सार्वजनिक गर्दै सञ्चारकर्मीसँग भन्नुभयो, “मैले आज आएको निर्वाचनको नतिजा पार्टी प्रमुखका हैसियतमा जिम्मेवारी लिँदै राजिनामा दिएको छु ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

“हाम्रो प्रयास प्रयाप्त हुन नसकेका कारण पराजय भएको छ । दललाई सफल बनाउन हामीसँगै संघर्ष गरेका पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति कृतज्ञता प्रकट गर्दै दललाई सफल पार्न नसकेकोमा म क्षमायाचना गर्दछु,” साइले भन्नुभयो।