दमक/आगोमा डढेर गम्भिर घाइते बनेकी झापाको कमल गाँउपालिका वडा नं. ६ की पुर्ण रुपमा अपाङ्ता भएकी(रातोकार्ड) युवती कुलमाया बस्नेतको जीबन रक्षाका लागि सामाजिक तथा सेवाको कार्यमा कमल गाँउपालिकामा सक्रिय रहेको लायन्स क्लव अफ लखनपुरले ५ हजार रुपिया आर्थिक सहयोग गरेको छ ।
आर्थिक अभावले उपचारमा समस्या भएको र उपचारमा उद्धार गरिएको समचार सवाल नेपालमा पढेपछि सानो भएपनि सहयोग गर्न खोजिएको क्लवका संस्थापक एवं निर्वतमान अध्यक्ष धर्मानन्द भट्टराइले बताए ।
सवाल नेपालको कार्यालयमा नै आएर क्लवले उक्त रकम प्रदान गरेको हो । बिभिन्न सामाजिक तथा मानवीय सेवाकालागि अभियान चलाइ रहेकाले ठुलो सहयोग गर्न नसकिएको जनाउदै आगामी दिनमा समेत सकेको सहयोग गरिने क्लवका राजु खड्काले जनाए ।
दमक हस्पिटल, लाइफलाइन हस्पिटल र त्यहाँ नभएपछि बस्नेतलाइ उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याईएको छ । उनको उद्धार एवं उपचारका लागि दमक नगरपालिका उपप्रमुख गीता अधिकारी लगायतले चासो दिएका थिए।
https://www.facebook.com/sawalnepaldigital/videos/1746725002099494/?t=2



