दमक/झापा गौरादहकाक युवा नेता राजेश गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टीमा नयाँ जिम्मेवारी पाएकाछन् । उनि झापा गौरादहका युवा हुन् । बिद्यार्थी राजनीतिबाट उदाएका उनी केन्द्रिय सदस्य रहेका थिए ।
उनले नयाँ जिम्मेवारीको रुपमा पार्टीको सहायक महामन्त्री बनेकाछन् । अध्यक्ष कमल थापाले उनलाइ यो जिम्मेवारी दिएकाहुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्,-आदरणीय दाई र मेरा हितैसी मित्र रा.प्र.पा.को केन्द्रीय सदस्य राजेश गिरी राष्ट्रिय प्रजातन्त्र पार्टीको सहायक महामन्त्री जस्तो महत्त्वपूर्ण जिम्मेवार गरिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै पार्टीको नीति, विचार, सिद्धान्त, नेतृत्व र देश प्रती सदैब समर्पित हुनु हुनेछ भन्ने शुभकामना समेत प्रकट गर्न चाहन्छु



