काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्योपचारका लागि आज अस्पताल पुगेका छन् ।

अध्यक्ष प्रचण्ड सम्पूर्ण शरीरको चेकजाँच गराउने क्रममा आज ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा पुगेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्ष प्रचण्डले केही दिनअघि सम्पूर्ण शरीरको चेकजाँच गराएका थिए । सोही सिलसिलामा आइतबार पनि प्रचण्डले स्वास्थ्य चेक गराउनुभएको उनको सचिवालयले जनाएको छ ।