झापा,

करेन्ट लागेर झापामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका ६ निवासी २५ वर्षीय बिक्रम भुजेल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीका अनुसार सानो माई खोलामा माछा मार्न गएका भुजेलले नजिकैको बिजुलीको पोलबाट करेन्ट तानेर माछा मार्न खोज्दा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

यता, भुजेलको शव मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।