दमक/साहित्यकार एवं नेपाल रेड्क्रस सोसाईटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी, कलाकार हेमन्त बुढाथोकी, राजनीतिकर्मी शिशिर बुसढाथोकी र बसन्त बुढाथोकीलाइ मातृशोक परेको छ ।

८६ बर्षिय आमा दिप माया बुढाथोकीको सोमबार साँझ निधन भएको रेडक्रस दमकका निवर्तमान अध्यक्ष लीला गुरागाँइले बताए । मंगलवार बिहान साढे ८ बजे कन्काइमा अन्तेष्टि गरिने बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक रेडक्रसका सदस्य प्रेम भट्टराइले सामाजिक सञ्जाल फेसबुकमार्फत यस बिषयमा जानकारी दिएकाछन्-दमक ५ निवासी समाजसेवी ब्यतित्व एवं नेपाल रेड्क्रस सोसाईटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी ज्यु कि ८६ बर्षिय ममतामयी माता जि दिप माया बुढाथोकी को आज मिति २०७५ मन्शिर १७ गते सोमबार बेलुका ५:३० बजे असामयिक निधन भएको खवरले स्तब्ध एवं मर्माहत भएका छौ भोलि मिति २०७५ मन्शिर १८ गते मंगलवार बिहान ८:३० बजे कन्काई माईमा अन्तिम दाह सस्कार गरिने भएकोले सम्पूर्ण आफन्त ईष्ट मित्र छर छिमेकमा मलामी जाने जानकारी गराउदछु ! 

छोराहरु : प्रकाश बुढाथोकी 

हेमन्त बुढाथोकी 

शिशिर बुढाथोकी

वसन्त बुढाथोकी

दमक ५ झापा