काठमाडौं– चासो र चर्चाको रुपमा रहेको ‘कर्मचारी समायोजन अध्यादेश’ मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। सोमबार बेलुका सिंहदरबारमा बसेको बैठकले विधेयक स्वीकृत गरेको स्राेतले जनायाे। अब विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइने छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयकले कानुनको रुप लिनेछ।

विधेयक स्विकृत भएसँगै देशभर देखिएको कर्मचारी अभावलाई हटाउन सरकारलाई थप बाटो मिल्नेछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विधेयकको मस्यौदालाई अन्तिम रुप दिन भन्दै सोमबार मात्रै विभिन्न ट्रेड युनियनका प्रतिनिधि तथा अन्य सरोकारवाला पक्षहरूसँग सरकारले छलफल गरेको थियो।