दमक/झापाको दमक र लखनपुर लगायतको आसपासको क्षेत्र एकदूइदिनभित्रै लोडसेडिङमुक्त हुने भएको छ । लोडसेडिङ गर्नु पर्ने अवस्था नै नरहेपनि बिद्यूत प्राधिकरण र शव स्टेशनको लापरवाहिले लोडसेडिङ भइरहेको खुलासा गर्दै उर्जा मन्त्री जनार्दन शर्मा, उर्जा सचिब अनुप उपाध्याय र बिद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब यहाँका जनताले लोडसेडिङ भोग्नु नपर्ने बताए । आइतवार दमकमा नागरिक अभिनन्दन ग्रहण गरेपछि उनिहरुले आफूहरुले आएर यहाँको बिद्यूत बितरण अवस्था हेर्दा यहाँ लोडसेडिङ गर्नु पर्ने र हुनुपर्ने कारण नदेखेकाले लोडसेडिङ नगर्न र नहुने वातवरण बनाउन भनिसकेको बताए । लखनपुरको शव स्टेशनमा आएर बिद्यूत बितरणको अवस्था बुझेपछि चित्त नबुझेर उनिहरुले माथिल्लो निकायमा त्यहिबाट फोन गरेर लोडसेडिङ गर्नु नपर्ने अवस्था हुदाहुदै के कारण लोडसेडिङ भएको भनेर थर्काएको त्यहाँ सहभागि एकले बताए । यसैबीच मन्त्री शर्मा सहित उपाध्याय, घिसिङलाइ उज्याले अभियानमा सहयोग पुर्याएको भन्दै नागरिक अभिननन्द सहितको सम्मान गरिएको थियो । झापाको क्षेत्र नं. ७को तर्फबाट उनिहरुलाई सम्मान गरिएको नागरिक अभिनन्दन मूल आयोजक समितिका संयोजक गोबिन्द बस्नेतले बताए । सह संयोजक अजय अग्रवालका अनुसार दमक जेसिसका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारी, आदिबासी जनजाती महासंघका केन्द्रिय महासचिब नित्यानन्द ताजपुरीया र सचिब शान्ति धिमाललाइ पनि सम्मान गरिएको थियो । माओबादीका नेता गगन पुरीको अगुवाइमा उनिहरुलाइ अभिनन्दन र सम्मान गरिएको बताईएको छ ।
दमक र लखनपुर लोडसेडिङमुक्त
सवाल नेपालसंवाददाताआइतबार, २१ माघ २०७३

दमक र लखनपुर लोडसेडिङमुक्त
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



