जापानमा दुई अमेरिकी लडाकु विमान ठोक्किँदा छजना बेपत्ता भएका छन्। अमेरिकी रक्षा मन्त्रालयका अनुसार जापानको इवाकुनीस्थित मरिन कर्प्स एयर स्टेशनमा बिहीबार सी–१३० र एफ–१८ लडाकु विमान तेल भर्ने क्रममा दुर्घटना हुँदा छ नौसैनिक बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

वेपत्ता सैनिकहरूको खोजी कार्य जारी छ। यसका लागि चिकित्सकहरुको टोली पनि क्रु मेम्बरहरूसँगै परिचालित छन्। खोजी कार्यका लागि जापानले पनि चार वटा एयरक्राफ्ट र तीन जहाज परिचालन गरेको छ। जापानले पनि खोजी कार्यमा सहयोग गरेको भन्दै अमेरिकी अधिकारीहरुले धन्यवाद दिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुवै लडाकु जहाजले नियमित तालिमको क्रममा मरिन कर्प्स स्टेशनबाट उडान भरेका थिए। अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार जापानमा ५० हजार सैनिक छन्। दुर्घटनास्थल समुद्री किनारभन्दा करिब ३०० किलोमिटर टाढा पर्छ।