काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका ९ पुरुष र ३ जना महिला गरि १२ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले रातोपाटीलाई जानकारी दिए ।

उनका अनसार निर्मलाको न्यायका लागि भन्दै स्वस्फुर्त रुपमा भेला भएका विद्यार्थीको समूहले प्रवेश निषेधाज्ञा तोड्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लगिएको हो । उनले भने– ‘राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किँदै हुनुहुन्थ्यो । उनीहरुकोे प्रदर्शनले सवारीमा अवरोध आउने भएकाले पनि नियन्त्रणमा लिइएको हो ।’

उनीहरुलाई अहिले वृत्तको हिरासतमा राखिएको जानकारी दिँदै डिएसपी प्रसाईले अलि केरकार गरेर केही समयमा छोडने तयारी भएको बताए ।रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah