दमक/बाल मैत्री स्थानीय सरकार हामी सबैको साझा सरोकार भन्ने मुलनाराका साथ झापाको दमकमा हुने प्रदेशस्तरीय बालमहोत्सवको भब्य तयारी शुरु भएको छ ।
बिज्ञान प्रतियागीतालाइ ब्यवस्थित गर्ने बिषयमा दमक नगरपालिकामा उपप्रमुख तथा महोत्सव मुल समिति संयोजकको अध्यक्षतमा बसेको बैठकमा प्रतियोगीता संयोजक अरुण श्रेष्ठले तयारी तथा प्रर्दशनीबारे जानकारी गराएका थिए ।
मुल समिति संयोजक अधिकारीले तयारीबारे जानकारी दिदै नगरपालिकामा महोत्सवकाके सचिवालय सञ्चालन भइसकेको र सचिवालयमार्फत तयारी तिब्र बनाइएको जनाएकी थिइन् ।
सो अवसरमा दिएको जानकारी अनुसार विज्ञान प्रतियोगितामा तीनवटा अलग-अलग विधामा प्रतिस्पर्धा गराईने छ र अलग-अलग रुपमा पुरस्कृत गरिनेछ । प्रयोग गरेर देखाउने सामग्री, नमुना( model) सामग्री, अनुसन्धान वा आविष्कार भएको सामग्री भनेर छुट्टयाएको समितिका बासु काफ्लले बताए ।



