नेपाल आइडलबाट चम्केकी झापाली चेली अस्मिता अधिकारी दमकमा आज आउने भएकीछन् । उनलाइ दमक जेसिज लगायतका संघसंस्थाहरुले स्वागत तथा सम्मान गर्ने जनाईएको छ । दमक जेसिजका महासचिब गोपाल गुरागाइका अनुसार स्वागतको तयारी शुरु भएको छ ।
दमक जेसिजले गरेको सूचना यस्तो छ
आज २०७५/०८/२२ गते दिनको ३:०० बजे गोरखा डिपार्टमेन्ट स्टोर अगाडि नेपाल आइडल कि प्रतिस्पर्धि अस्मिता अधिकारी लाई दमक जेसीज लगायत अन्य संघ सस्था ले स्वागत गर्ने भएको हुँदा उपस्थिति को लागी सादर अनुरोध गर्द्छु ।



