शिक्षकले कक्षा कोठामै गाली गरेको भन्दै भारतको राजधानी नयाँदिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एक जना छात्राले आत्महत्या गरेकी छिन् ।

नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटक पटक गालीगलौज गर्ने गरेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन शुरु गरेको छ । –एएनआई