झापा। समयमा काम नसकेपछि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले झापाको कन्काई नदीको पुलको ठेक्का पप्पु कन्स्ट्रक्सनबाट खोसेको छ । चार वर्षमा पूरा गर्नुपर्ने पुल सात वर्ष पुग्दा आधा पनि निर्माण नभएपछि निर्देशनालयले पप्पुको ठेक्का खोसेको हो ।

सरकारले ठेक्का अलपत्र पारेको आरोपमा कालोसूचीमा राख्ने प्रक्रिया थालेपछि हुलाकी राजमार्ग कार्यालयले पप्पुलाई दिएको ठेक्का खोसेर पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारलाई विमुख बनाएको हो । ठेकेदार हरिनारायणप्रसाद रौनियारले कन्काई पुलमा ७ करोड ५० लाख रुपैयाँ पेश्की समेत लगेका छन् ।

त्यसमध्ये तीन करोड रुपैयाँ पेश्की फिर्ता लिएर पप्पुलाई ठेक्काबाट बिमुख गराइएको हुलाकी राजमार्ग योजना निर्देशनालय कार्यालय इटहरीका प्रमुख बिजयकुमार महतोले बताए ।

‘समयमा काम नगर्ने, पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गर्ने, निर्माणको काम जताततै अलपत्र पारेको देखिएपछि हामीले बैंकबाट पेश्की तानेका हौं– महतोले भने । कन्काई नदीको पुल निर्माण ठेक्का पप्पु कन्स्ट्रक्सन र महादेव–खिम्ती जेभीले संयुक्त रुपमा लिएका थिए ।

महतोका अनुसार अब ठेक्का पूरा गर्ने जिम्मेवारी साझेदार कम्पनी महादेव–खिम्ती जेभीलाई दिइएको छ । सार्वजनिक खरिद ऐनअनुसार मुख्य ठेकेदार कम्पनीले काम नगरे साझेदार ठेकेदार संस्थालाई कस्ने नियम छ । सोही अनुसार महादेव–खिम्ती जेभीलाई बाँकी कामको जिम्मा दिइएको हो ।

कागजी रूपमा भने पप्पु नै मुख्य ठेकेदार रहन्छ । तर, उसले पुल निर्माणको बाँकी कुनै पनि काम गर्न पाउँदैन, आर्थिक कारोबार पनि गर्न पाउँदैन । महतोका अनुसार आधा काम भइसकेको अवस्थामा नयाँ ठेक्का आह्वान गर्न कठिन भयो, प्रकृयागत रुपमा निर्देशनालयलाई कठिन भएको प्रमुख महतोले जानकारी दिए । लागतको हिसाबले पनि नयाँ ठेक्का आह्वान गर्न बजेट दोब्बर लाग्ने भएपछि पुरानै ठेक्कामा साझेदार संस्थालाई काम लगाइएको हो– महतोले भने– कागजी रूपमा पप्पु भए पनि पुल निर्माणमा उसको भौतिक उपस्थिति रहँदैन ।

पप्पुले अहिलेसम्म सम्झौता रकमको ३५ प्रतिशत निकासा लिएको कार्यालयले जनाएको छ । सरकारले कालोसूचीमा राख्ने प्रक्रियासमेत अघि बढाएपछि कन्काई नदीको पुलको बाँकी काम पप्पुलाई लगाउन नसकिएको आयोजनाले जनाएको छ । पूर्वपट्टि झापा गाउँपालिका–२ र पश्चिमपट्टि गौरीगञ्ज गाउँपालिका–१ पर्ने कन्काईको पुल ०६८ जेठमा सम्झौता भएको थियो ।

ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र पुल निर्माण शुरू भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । ३० करोड ४० लाख ९० हजार रुपैयाँको लागतमा निर्माण हुने सो पुल पप्पु–महादेव–खिम्ती जेभियर्सले ०७२ जेठ ३० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

तर, निर्माण कम्पनीका सञ्चालक हरिनारायण रौनियारले ठेक्काको करिब ३५ प्रतिशत रकम बुझेर पुल निर्माण आयोजना अलपत्र पारेको योजना कार्यालय इटहरीले जनाएको छ । ‘शुरू–शुरूमा उत्साहित बनाउने गरी काम भयो– गाउँपालिका अध्यक्ष साहले भने– ‘तीन वर्षदेखि कन्काई पुल निर्माण रोकेर ठेकेदार नै बेखबर छन् ।

उनका अुनसार सो आयोजनामा कार्यरत करिब १७ मजदुरले पनि छ महिनाको पारिश्रमिक पाएका छैनन् । यो पुल देशको दोस्रो लामो पुल हो । यसअघि कर्णाली नदीको १ हजार १५ मिटर लम्बाइको पुल बनेको थियो । ७२४ मिटर लामो यो पुलमा २० वटा पिलर जमिनमाथि ठड्याइएका छन् । १० वटा पिलर पूरा भएका छन् भने १० वटा पिलर जमिनभन्दामाथि आइसकेका छन् । ‘१० वटा खम्बाहरू क्याप लगाउने स्थितिमा पुगेका छन्, १० वटा जमिनमाथि आइसकेका छन्– कन्काई पुलका योजना निर्देशक इञ्जिनियर नन्दकुमार गुप्ताले भने ।

उनका अनुसार ०७२ जेठ मसान्तमा निर्माण सम्पन्न गर्नुपर्नेमा पप्पुले अहिलेसम्म ४५ प्रतिशत काम गरेको थियो । ठेक्का सम्झौता अनुसार पुल निर्माण सम्पन्न नभएपछि ०७२ मा पहिलोपटक म्याद थपिएको थियो । थपिएको दुई वर्ष म्याद अनुसार ०७४ असार मसान्तमा पुल निर्माण सम्पन्न हुनुपथ्र्याे । तर, यस समयमा पनि निर्माण पूरा भएन । बरु, ठेकेदार सम्पर्कमै आएनन् ।

महतोका अनुसार महादेव–खिम्ती जेभियर्सलाई निर्माण पूरा गर्न एक वर्षको समय दिइएको छ । ‘उसले अब चाँडै काम शुरू गर्दैछ, समयमै पूरा हुने प्रतिवद्धता ठेकेदार कम्पनीबाट आएको छ– महतोले भने । मेची–महाकाली हुलाकी राजमार्गका चार नदीमा पुल निर्माणको सम्झौता पप्पुसँग छ । झापाको एकसहित चार वटा पुल पप्पुले अलपत्र पारेको छ । ७०० मिटर लामो रौतहटस्थित बागमती नदीको पुल अलपत्र छ । २०७३ असार २८ मा सम्झौता भएको उक्त पुलको अन्तिम मिति २०७६ असार २७ गते हो । निर्देशनालयका प्रमुख मेहताका अनुसार उक्त पुलपनि कन्काईको जस्तै हुने छ ।

सम्झौता अनुसार अब सात महिनामात्र बाँकी रहेको त्यसको प्रगति १५ प्रतिशत मात्र छ । यसको ज्वाइन्ट भेन्चर साझेदार कम्पनी टुण्डी रसुवा हो । हुलाकी राजमार्गकै सिरहाको कमला नदीको ४०० मिटर लामो पुल पप्पु–टुण्डी–रोशन जेभीले निर्माण जिम्मा लिएका छन् । २०७७ असार २८ मा सक्नुपर्ने उक्त पुलको काम २ प्रतिशत मात्र भएको छ । सप्तरीको बलान खोलाको पुल पनि पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेको आयोजनाले जनाएको छ । यी तीनै पुल ठेक्काको प्रमुख जिम्मेवारीबाट पप्पुलाई हटाउने तयारी निर्देशनालयको छ ।आमसञ्चारबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah