काठमाडौं, २७ मंसिर । महाधिवेशन आउन दुई वर्ष बाँकी छँदै नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आफू पार्टी सभापतिमा उठ्ने घोषणा गरेका छन् ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुराकानी गर्दै महामन्त्री डा.कोइरालाले अगामी १४औं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने घोषणा गरेका हुन् । कांग्रेस संस्थापक एवं आफ्ना पिता विपि कोइरालाको सपना पुरा गर्न सभापतिमा उठ्ने तयारी गरिरहेको उनको भनाइ थियो ।

मेडिकल क्षेत्र छोडेर राजनीतिमा लाग्नुको कारण विपिको सपना पुरा गर्नु नै भएको उनको भनाइ थियो । शशांक लामो समय मेडिकल क्षेत्रमा सेवा गरेपछि त्यो छोडेर सक्रिय राजनीतिमा आएका हुन् ।

कांगेस नेता तथा कार्यकर्ताले आफूलाई पार्टीको सभापति पदमा उठ्न सुझाव दिइरहेको उनले बताए । ‘साथीहरुले तपार्इं सभापति हुनुपर्छ भन्नुभएको छ,’ डा.कोइरालाले भने । कांग्रेस महाधिवेशन आउन अझै दुई वर्ष बाँकी छ । महाधिवेशन आउँदासम्म सभापति शेरबहादुर देउवालाई सहयोग गरेर अगाडी बढ्ने उलने बताए ।

कांग्रेस महासमिति बैठक शुक्रबारदेखि काठमाडौंमा शुरु हुँदैछ । यस अघि १३ मंसिरदेखि केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ । यसक्रममा पनि डा.कोइरालासहित शेखर कोइराला र सुजाता कोइरालाले पटक पटक बैठकहरु गरेका थिए । उनीहरुले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरहरुसँग पनि छलफल गरेका थिए ।

महासमिति बैठकमा सहभागि हुन देशभरबाट आएका सदस्यहरुलाई अहिलेदेखि नै प्रभावित पार्न डा.कोइराला सभापतिमा उठ्ने उद्घोष गरेको कतिपयको बुझाई छ ।सरलपत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah