सोलुखुम्बु : माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ। गाउँपालिका ५ गुदेलको चाचालुङमा बालविवाह हुन गइरहेको सूचना पाएपछि प्रहरीचौकी छेस्कामबाट गएको प्रहरी टोलीले उक्त विवाह रोकेको हो। १८ वर्ष भन्दा कम उमेरका बालिकाको विवाह भइरहेको गोप्य सूचनाको आधारमा बुधबार प्रहरीले उक्त बालविवाह रोक्ने काम गरेको सोलुखुम्बुका डिएसपी सालिग्राम शर्माले जानकारी दिए। विवाह हुनबाट रोकिएका तीनैजना किशाेरकिशाेरीलाई स्थानीय जनप्रतिनिधिको रोहबरमा अभिभावको जिम्मा लगाइएको प्रमुख शर्माले बताए। २० वर्ष भन्दा कम उमेरमा गरिने जस्तोसुकै विवाहलाई कानुनले अवैधानिक मानेको छ।

नेपालको संविधानमा केटा वा केटी २० वर्ष उमेर नपुगी विवाह गर्ने गराउने सबै पक्षलाई ३० हजारसम्म जरिवाना र ३ वर्ष सम्मको जेल सजाय हुने व्यवस्था छ। जिल्लाको अधिकांश क्षेत्रमा अझै पनि बालविवाह अत्याधिक हुने भएकाले यसको रोकथामका लागि स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला पक्षले कडाइका साथ अगाडि बढ्ने बताउँदै आएका छन्। यहाँको थुलुङदुधकोशी गाउँपालिकाले बालविवाह रोकथाम तथा महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले छोटो चलचित्र (सचेत) समेत निर्माण गरि प्रदर्शन गरिरहेको छ।

बालविवाह गर्दा हुने कानुनी कारवाहीसहित समेटेर तयार पारिएको उक्त चलचित्र स्थानीय सोलु एफएम र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा गाउँपालिकाले निर्माण गरेको हो। चेतना अभावकै कारण बालविवाह तथा महिला हिंसा लगायतका घट्ना घटेको बताउँदै गाउँपालिका अध्यक्ष असिम राईले आफूहरू यसप्रति गम्भीर भएर लागेको बताए। विगत वर्षहरूमा पनि गाउँपालिकाभित्र केही बालविवाह प्रहरीको सहयोगमा रोक्न सफल भएको भन्दै अध्यक्ष राईले यससँग सम्बन्धित जानकारीहरू आम जनता माँझ पुर्‍याउनुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah