हाम्रो मूलक यस्तो छ जहाँ कर्मचारी देवता हुन् उपभोक्ता भक्तजन । भगवान जे गर्छन त्यो राम्रो गर्छन् हामी भक्तजन सेवा गरिरहने । त्यसैले होला हामी सरकारी कर्मचारी जे गर्छन् त्यो सधै स्वीकार गर्छौ । उनिहरुले घूस मागे घूस ख्वाउछौ । रक्सि ख्वाउनु भने रक्सि ख्वाउछौ । घुमाउन लैजाउ भनेपनि घुमाउन पनि लैजाउछौ । य होइन र हाम्रो सत्य वास्तविकता ?
सन्दर्भ बिधूतको । अनि त्यसमा लोडसेडिङको । दमकमा आएर बिद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने–‘यहाँ त लोडसेडिङ गर्नु पर्ने अवस्था नै रहनेछ र पर्याप्त बिद्यूत रहेछ ।’ उनले त्यतिमात्र भनेन् उनले थपे–‘किन ? र कसरी लोडसेडिङ भइरहेको छ भनेर सोध्दा त्यो पनि जवाफ नै पाइन ।’ हेरौ त हामी पर्याप्त बिद्यूत हुदाहुदै पनि लोडसेडिङ भोगिरहेका रहेछौ । यहाँका कर्मचारीले लोडसेडिङ गर्नु पर्ने कारण बताउन सकेनछन् । तर हामीले लोडसेडिङकर्ता भगवानलाई अध्यारोमा जप्दै बसेछौ । हाम्रो नियति आफैले आफैलाई कठैबरा भन्नुपर्ने ।
खुबै चर्चा गरियो लखनपुरमा शवस्टेशन शुरु भएपछि आसपासको क्षेत्रमा लाइन जादैन भनेर तर त्यो भएन । आफूलाइ अब्बल नेता बताउनेदेखि सामाजिक कार्यकर्ता भन्ने सम्मले निक्कै शब्द खर्चे तर आखिर हामीले चौबीस घण्टा लाइन पाउन एकादेशको कथा नै बन्यो । आखिर किन खोजे नौ हामीले ? हो लोडसेडिङकर्ता भगवान दूइवटा फिडरमा नियमित लाइन दिएर दूइवटा फिडरमा लोडसेडिङ गरेर मोजमस्ति गरेको हुनुपर्छ । अब यो खोज्ने की नखोज्ने ?
कुलमानले आएर यो क्षेत्र भनेर बिशेष गरि दमक र लखनपुर हुनुपर्छ तत्काल लोडसेडिङमुक्त हुने बताए । उनले त्यतिमात्र भनेनन् अहिले यहाँको बिद्यूत आपूर्तिको अवस्थाले पुर्वी नेपाल नै लोडसेडिङमुक्त हुन्छ भने । आजभोली नै यो सम्भव छ त ? यो कुरामा बिश्वास गर्न सकिन्छ त ? धेरैले बिश्वास गरेका छैनन् । धेरैलाई सम्भव लागेको छैन । मैले देखेको छु म बदलिएको छैन, हामी बद्लिएका छैनौ । झन् ति लोडसेडिङ देवताहरु त तास खेलेर बस्छन् । चाडो लाइन मिचेर मिटर जोडिदिए बापत कमिशन लिन्छन् । मिटर बिगारेर कम यूनिट उठाए बापत मासिक भत्ता लिन्छन् । ठूला उद्योगपतिलाइ लाइन मिलाए दिएबापत भट्टिमा मस्ति गर्छन् । मैले यहि देखेको छु । मैले यहि सोचेको छु ।
कुलमानले पुर्वी नेपाल उज्यालो बन्ने बताए । उनले पर्याप्त बिद्यूत भएकाले र नयाँ बनिरहेका परियोजनाका अब यहाँ लोडसेडिङ कुनै पनि हालतमा नहुने उर्जा मन्त्री जनार्दन शर्माले पनि प्रतिबद्धता जनाए । यस कारण होलाकी भन्ने आशा छ । तर म पनि उस्तै छु । मैले पनि त्यहि देखेको छु । पटक्कै बिश्वास लाग्दैन । मैले जे देखे सबै गफ देखे । मैले जे देखे सबै झुट प्रचार देखे । मैले जे देखे कर्मचारी सुध्रेका छैनन् । मैले जे देखे हामी अझै बोल्न सक्दैनौ । मैले जे देखे हामी अरुलाई दोष दिन्छौ आफू केहि गर्दैनौ । म पनि मैले त्यहि देखे । जो अरुमा मैले जे देखे ।
कस्तो लाग्यो सुझाव कमेन्ट पाउ
जय होस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय