काठमाडौं– सरकारले कृषि विकास बैंकबाट ऋण लिएका किसानको सवा २९ करोडभन्दा बढी ऋण मिनाहाको घोषणा गरको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्।

मन्त्री बाँस्कोटाले तत्कालीन साना कृषि सहकारीबाट ऋण लिएका किसानको ऋण मिनाहा गर्नेगरी मन्त्रिपरिषद्बाट निर्णय भएको बताएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत मंसिर २४ गते सोमबारको मन्त्रिपरिषद्को बैठकले किसानले लिएको २९ करोड ३९ लाख रुपैयाँ बराबरको ऋण मिनाहा गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता बाँस्कोटाले दिए। यसबाट ६ सयदेखि ७ सय परिवार लाभान्वित हुने मन्त्री बाँस्कोटाले बताए।

सरकारले मिनाहा दिने भनी घोषणा गरेको रकमको सावाँ र व्याजसहित अहिले एक अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ। यो निर्णयसँगै ऋण तिर्न नसकेर धितो बन्धक भएका किसानको धितोसमेत फुकुवा हुनेछ।