दमक/गौरादह उद्योग वाणिज्य संघको साधरणसभाको बिषयमा अध्यक्ष र महासचिबबीच लफडा भएको छ । मंसिर अन्तिममा गर्ने साधरणसभा छलफल बेगर अध्यक्ष जीबन राइले स्थगन गरेको सूचना निकालेको भन्दै महासचिब निर्मल बास्तोलाले आपत्ती जनाएकाछन् । उनले बिज्ञप्ति जारी गरेर आपत्ती जनाएकाहुन् ।

विज्ञप्तिको पूर्णपाठ
प्रेस विज्ञप्ति
आदरणीय गौरादह उद्योग वाणिज्य संघमा आवद्ध सम्पूर्ण उद्यमी, व्यवसायी महानुभावहरु तथा सम्पूर्ण मान्यजनहरु, विशेष गरी २०७५ मंसिर २६ र २७ गते पूर्वसन्देश पत्रिकामा प्रमाशित गौरादह ‘उद्योग वाणिज्य संघको साधारणसभा स्थगित सम्बन्धी सूचना’ले अत्यन्तै गम्भीर र मर्माहत बनाएको छ ।

कार्यसमितिको बैठक नै नबसी बिना निर्णय पटक–पटक स्थगित हुँदै आएको साधारणसभालाई लज्जाजनक रुपमा सहमति बेगर मेरो नाम समावेश गर्दै सूचना निकाली साधारणसभा अनिश्चतकालका लागि स्थगित गरिनु र सूचना निकाल्नु घोर निन्दनीय असोभनीय र लज्जाजनक विषय हो ।

विगत २ वर्षदेखि गौरादह उ.वा.संघले आफ्नो गौरवपूर्ण इतिहासको अपमान हुनेगरी संस्थाका गतिविधि निस्कृय बनाइरहेको र भएका कतिपय निर्णय राम्रा हुँदाहुँदै पनि कार्यान्वयनमा एकमना र व्यक्तिगत कुन्ठाग्रस्त रहँदै लापर्बाही गरिएको अन्तर संघ–संस्था सहकार्य लत्याएको विधान, कर, ऐन, नियम कानुनको बारेमा सचेतता कार्यक्रम गर्न बारम्बार गरिएको अनुरोध लत्याइएको गत आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन छलफल मै नल्याउने र यस वर्षको लेखा परीक्षण गराउन पटक–पटक दवाव दिए तापनि आलटाल गरिएको गौरादह उवासंघको कार्यालय आफ्नो ठान्ने कुर्सी आफ्नो ठान्ने तर व्यवसायीहरुको तिर्नुपर्ने दायित्व तिर्न कुनै पहलकदमी नगरिएको निर्वाचित भएदेखि आजका दिनसम्ममा पटक–पटक साधारणसभा स्थगित गरिंदै आएको बजार ब्यवस्थापन र राजश्व परामर्शसँग सम्बन्धित गतिविधिमा संघको पहलकदमी शुन्य रहेको जस्ता विषयमा अध्यक्ष लगायत हामी पदाधिकारीहरु आफू सचिनु त कता हो कता मेरो सहमति नै नलिई कुनै पनि बैठक नबसी मेरो नाम समेत उल्लेख गर्दै अनिश्चितकालका लागि साधारणसभा स्थगित गरिएको घटनाप्रति रोष प्रकट गर्दै यस्तो लज्जास्पद घटना नदोहो¥याउन सचेत गराउन चाहन्छु ।

गौरादह उ.वा.संघको गरिमा अक्षुण राख्न संघको आर्थिक पारदर्शिता प्रस्ट्याउन पटक–पटक स्थगन गरिएको साधारणसभा यथाशीघ्र आयोजना गर्ने यसै प्रेस विज्ञप्ति मार्फत् जोडदार माग गर्दछु । वहुमतको आडमा बल मिच्याई गरी गौरादह उ. वा. संघलाई घरायसी बनाउन कुनै हालतले रोक्न र समयमा संघका सम्पूर्ण गतिविधिलाई यथाशिघ्र प्रभावकारी सञ्चालन गर्न आ–आफ्नो ठाउँबाट दवाव दिन समेत सबैमा अनुरोध गर्दछु ।

निर्मल बाँस्तोला
महासचिव
गौरादह उद्योग वाणिज्य संघ
गौरादह (झापा), २०७५–०८–२७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah