सावित्री सुबेदी /नारीबादी बिश्लेसक

सकारात्मक र नकारात्मक पक्षको जोड घटाऊको राजनीतिबाट अमृत बमन गर्ने राजनीतिमा प्रचण्डहरु राष्ट्रघाती निस्के भन्ने मेरो बुझाई छ । राष्ट्रियता भारतीयहरुलाई सुम्पिदै यतीसम्म भारतको चाकडी प्रचण्डले गर्नु हुँदैन थियो । आज गम्भिर प्रश्नले घेरेको छ,नेपाल भारतलाई सुम्पन्ने प्रचण्डको विरोध तपाईं हामीले गर्ने कि नगर्ने ? आफ्नै पार्टीका नेता टोपबहादुर रायमाझीले किन विरोध गर्दै छन त ? हामीले बुझ्न जरुरी छ । लामो समय भारतीय राजनीतिमा बघिनीको रुपमा स्थापित सोनिया गान्धीलाई प्रधानमन्त्री हुन नदिने भारतीयहरु किन नेपालमा अङ्गिकृत पक्षपोषण गरिरहेका छन त ? जातीय राजनीतिकै कारण पाकिस्तान अलग भो, बाङ्लादेश पाकिस्तानबाट अलग भो तर नेपालको माओवादी किन बुझ्दा बुझ्दै गुलाम बन्दै छ ? भारतीयलाई सुम्पन्ने यो प्रचण्डको गुरु योजनाको विरोध गरौ । भारतको लोकतन्त्र हामीले नबुझेको होइन,सोनिया गान्धीहरुको ईतिहास हामीले नबुझेको पनि होइन । खुल्ला सिमानाको कारण हाम्रो तराइसँग भारत नजिक छ र छोरी बेटी र रोजी रोटीसँग पनि सम्बन्धित छ । त्यही आधारलाई प्रयोग गर्दै नेपाललाई फिजीकरण गर्ने र प्रचण्डलाई दलाल बनाएर प्रयोग गर्ने भारतीय चाल हो,हामी सतर्क हुन जरुरी छ । हाम्रा नेता कुर्सीका लागि लम्पसार हुँदा अत्यन्त गम्भिर संघारमा देश उभिएको छ । भारतसँग सुरुङ युद्ध छेडेका प्रचन्ड पनि किन भारतको आशिर्बादमा नेपाल टुक्राउन खोज्दैछन त ?आफुलाई बेचेर नपुगेर किन देश बेच्दै छन त ? उनी आत्मसमर्पण गरिसके, क्रान्ति होइन अब उनी बिखण्डनको नायक हुन । भारतले नेपाल र नेपाली जनतालाई भेडाको मुल्यमा किन्दै छ र ठेकेदार प्रचन्ड बन्दै छन । यी ठेकेदारका विरुद्द नेपाली जनताले प्रतिबाद गर्नै पर्छ, यो लडाइ राष्ट्रियताको लडाईं हो । तराईमा बोलचाल हुने भाषा मैथिली,भोजपुरी,अवधी र थारु भाषालाई राष्ट्रिय भाषा बनाउनी कि हिन्दीलाई ? भारतको गुलामी गर्दै हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोज्नु के यही हो माओबाद ? देशलाई अस्थिर बनाएर भारतमा लएर मिसाउने के यही हो राष्ट्रबाद ? सायद माओबादले यही भन्छ कि प्रचण्ड कमरेड ? सिके राउतले मधेश छुट्टै देश हुनुपर्छ भनेर सिंहदरबार अगाडि पत्रकार सम्मेलन गर्दा नदेख्ने यो अन्धो सरकारले साच्चै आत्मसमर्पण गरेको हो त ? देशलाई सिक्किमीकरण र फिजीकरण गर्ने माओवादी अभिष्टको अन्त्य हुनै पर्छ । नेपाली जनताले नेतामा जन्मेको आत्मसमर्पणको खुलेर विरोध नगरे देश दलालहरुले बेच्नेछन । माओवादीका छोट्टे राजाहरु बदमासीको प्रदाफास गरौ । आत्मसमर्पणवादी चरित्रको पर्दाफास गरौ । देशलाई सिक्किमीकरण हुनबाट बचाऔ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah